Techie IT
Mission Khabar

टोखाको झोरमा आन्तरिक पर्यटकको आकर्षण, यस्तो देखिन्छ झरनामा माहौँल


काठमाडौं । पछिल्लो समय काठमाडौँको झोर झरना घुम्न जानेको भीड लाग्न थालेको छ । टोखाको महाकालस्थित उक्त झरनामा विशेषगरी युवाहरुको आकर्षण बढि देखिने गरेको हो । यद्यपि झरनामा झुम्नका लागि परिवारसहित घुम्न जानेहरुको संख्या पनि पछिल्लो समय उत्तिकै बढिरहेको छ ।

आइतबार सार्वजनिक विदा भएका कारण झोर झरनामा रमाउन पुग्नेहरुको संख्या उल्लेख्य देखिएको थियो । यो बाहेक शनिबार र चाडपर्वका समयमा यहाँ पुग्नेहरुको संख्या बढी हुनेगरेको छ । रिङरोडबाट करीब १० किलोमिटरको दूरीमा रहेको झोर झरनामा कोरोना महामारीका कारण चहलपहल कम भएको थियो । कोरोना महामारिको जोखिमकै बिच सवारीसाधन सञ्चालनमा आएसँगै झरनामा रमाउन पुग्नेहरु बढेका छन् । टोखा नगरपालिका अन्तर्गत रहेको यो झरना अहिले नजिकैको गन्तब्यमा घुम्न चाहानेहरुका लागि आकर्षणको केन्द्र बनेको छ । झोर झरनामा यतिबेला झुम्दै, रमाउँदै अनि आनन्द लिनेहरुको भीड छ ।

अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी यसको मुख्य स्रोत हो । झरनामा पुग्नेहरु मात्रै होइन, उक्त स्थानमा मन्दिर पनि भएका कारण धार्मिक कारणले पनि झोर महत्वपूर्ण गन्तब्य बन्न थालेको छ । यहाँ रहेको भगवान शिवको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्