Techie IT
Mission Khabar

विदेशबाट नेपाल आउदा ७ दिन होटल क्यारेन्टिन बस्नुपर्ने नियमन लागू नहुँदै स्थगित, कस्को कमजोरी ?


काठमाडौं । ६७ देशबाट नेपाल आउदा ७ दिने होटल क्वारेन्टिन अनिवार्य गर्नेगरि जारी गरिएको नेपाल प्रवेशसम्बन्धी निर्णय र निर्देशन अर्को सूचना नआउँदासम्मका लागि स्थगन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णय अनुसार १५ दिने अध्ययन निष्कर्षबाट जारी गरिएको नेपाल प्रवेशसम्बन्धी सूचनालाई थप परिस्कृत र परिमार्जन गर्नुपर्ने देखिएपछि तत्काललाई स्थगन गरिएको नेपालस्थित अध्यागमन विभागले जानकारी दिएको हो ।

लागू नहुँदै स्थगन गर्नुपरेको यो नियमनले अध्यागमन विभाग, सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनको विश्वसनियतामै प्रश्न उब्जाएको छ । यी निकायका विज्ञहरुको क्षमतामाथी समेत प्रश्न उठाउन थालिएको छ ।

अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया लगायतका धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने जानकारी गराएको थियो । नयाँ व्यवस्था अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ । तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने भनिएको थियो ।

तर पूर्ण खोप लगाएका यात्रुहरुको हकमा के गर्ने, अन्य मुलुकबाट ट्रान्जिट भएर आउनेको हकमा के गर्ने ? संक्रमणको जोखिम कम भएका मुलुकमाथी समेत क्वारेन्टिनको नियम लागू गर्दा अन्तर्राष्ट्रिय समूदायमा नकारात्मक शन्देष जाने भनेर परिमार्जन गर्न लागिएको बताइएको छ । अब सोमबार सीसीएमसी बैठक बसेर नेपाल प्रवेशसम्बन्धी नयाँ सूचना जारी गरिने बतनाइएको छ ।

नयाँ भेरिएन्ट ओमिक्रोन अमेरिका, बेलायत, युरोप तथा एसिया लगायतका देशहरुमा तिब्र बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी ६७ देशका यात्रुको नेपाल आगमनमा कडाई गर्ने निर्णय गरेको थियो । नयाँ सूचनामा यो नियममा परिमार्जन हुने देखिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्