Techie IT
Mission Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिटर पास बन्द, बिदाइ र स्वागतमा समेत रोक !


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण सेवा बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जानकारि दिएको हो ।

विमानस्थल कार्यालयले विमानस्थलमा पर्याप्त स्थान अभाव रहेको, भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ । यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गर्दैआएको थियो । मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि सूचना नै जारि गरेर यस्तो आह्वान गरेको हो । कार्यालयले हवाई यात्राका दौरान समेत आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना नै पहिलो सुरक्षा सर्त हुने भनिएको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सूचना :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्