Techie IT
Mission Khabar

संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा आफ्नै रेकर्ड ब्रेक गर्दै १० औं पटक सगरमाथा शिखरमा !


काठमाडौं । संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा १० औं पटक सगरमाथाको चुचुरोमा पुगेकी छन् । ०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले दशौँ पटकको रेकर्ड बनाउँदै आज बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेकी हुन ।

लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोहीले समेत सगरमाथा चुचुरो टेकेका थिए । लाक्पा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला हुन् । तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पाले पछिल्लो वर्ष आफ्नै रेकर्ड ब्रेक गरिरहेकी छिन् । यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् ।

२६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन भन्ने नारा लिएर आरोहणमा सहभागि हुनेगरेकि छिन । यो वर्ष उनी यहि आरोहणका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #१० औं पटक सगरमाथाको चुचुरोमा, #अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, #तिब्बततर्फको उत्तरी मोहोडा, #लाक्पा शेर्पा, #सगरमाथा आरोहण, #हिलारी क्लिन्टन

तपाईको कमेन्ट लेख्नुहोस्