Techie IT
Mission Khabar

१५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ नाराका साथ मनाइदै


काठमाडौं । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । सगरमाथाः ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको बताइन्छ । ६८ वर्षको अवधिमा करिब ९ हजार हाराहारि पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणका क्रममा अहिलेसम्म ३ सय ५० जनाले ज्यान गुमाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि ३ सय २५ जनाले अनुमति लिएका थिए । सरकारले यसवर्ष आरोहण अनुमतिबापत ४९ करोड ३७ लाख रुपैयाँ दस्तुर उठाएको छ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्