Techie IT
Mission Khabar

बुढीनन्दाको प्राकृतिक छटा, प्रचार\प्रसारमा वेवास्था


बाजुरा, जेठ । बाजुराको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको एउटा अनुपम खानी हो, बुढीनन्दा । जहाँ असंख्य सुन्दरताक छटाहरु देख्न पाइन्छन । हरिया फाँट, उच्च पहाड, रंगीचंगी फूलहरुको मनमोहक प्रकृतिले यहाँको शोभा बढाएको छ । बुढीनन्दा नगरपालिकामा पर्ने बुढीनन्दा पुग्न बाजुराको कोल्टीबाट पैदल हिडेर तीन दिनमा पुगिन्छ भने सदरमुकाम मार्तडीबाट चार दिनको समय खर्चिजुपर्छ ।

साउने पूर्णिमामा निकै ठूलो मेला लाग्ने बुढीनन्दामा सयौं दर्शनार्थी उच्च मनोबल र विभिन्न मनोकांक्षा पूरा हुने विश्वास सहित पुग्ने गर्दछन् । त्यहाँ पुगेर मनले चिताएको मागे पूरा हुने जनविश्वासले पनि भ रहँदै आएको छ ।
४ हजार ५ सय ८१ मिटरको उचाईमा अवस्थित एउटा विशाल बुढीनन्दा ताल, अनि त्यसको आसपासमै स–साना दर्जन बढी ताल । जसले यहाँ पुग्ने जो कोहीको मनलाई आनन्दित बनाउँछ । ताल वरीपरि चट्टानै चट्टान , गगनचुम्बी चट्टान हेर्दा निकै अत्यासलाग्दो महशुस हुन्छ । तर यहाँ पुग्ने दर्शनार्थीहरु आ–आफ्ना सबै पीडा भूलेर बुढीनन्दाको मनोरम दृश्यमा रमाउँछन् । त्यहाँ अधिकांश दर्शनार्थी नांगै खुट्टाले पुग्ने गर्छन् । त्यहा जादा शुद्ध तथा चोखो खानेकुरा मात्रै बोक्छन्, अन्यथा बुढीनन्दा माइले छल्ने ९अशुभ हुने० जनविश्वास रहँदै आएको छ ।

बुढीनन्दाको अर्को मुख्य विशेषता भनेको क्षणभरमै पानी पर्नु र आकाश खुल्नु पनि एक हो । कति बेला पानी पर्छ र कति बेला आकास खुल्छ केही टुंगो हुँदैन । जैविक विविधताको खानी बुढीनन्दाले विभिन्न पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको हुँदा हुँदै पनि यसको उचित प्रचार÷प्रसार हुन सकिरहेको छैन । बाजुराको विकटता यहाँको पर्यटन प्रवर्शन र सुन्दरताका लागि अवरोध बनिरहेको छ ।

भू–स्वर्ग अनि धार्मिक यात्राको एउटा धरोहर बुडीनन्दा पुग्न कच्चि र भिरालो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
सम्भावनाको खानी बुढीनन्दाको प्रचार प्रसारमा बाजुराबासी जुटेपनि राज्यको दृष्टि भने अझै पुगेको छैन ।


क्याटेगोरी : पर्यटन / सम्भावना, यातायात / यात्रा

तपाईको कमेन्ट लेख्नुहोस्