Techie IT
Mission Khabar

यात्रा संस्मरण : सिक्किमबाट नेपालले सिक्नुपर्ने पाठ


राजेन्द्रबहादुर श्रेष्ठ । (काठमाडौँ फर्किएपछि)भर्खरै सिक्किमको राजधानी #Gangtok गान्तोकमा १० दिन बिताएर शनिबार काठमाडौ फर्कें । स्यानो चिटिक्क परेको लगभग ८ लाख जनसंख्या भएको कुनै बेलाको अधिराज्य हाल ४३ बर्ष देखि गणतन्त्र भारतको २२औँ राज्य सिक्किमको विकाशको झलक हेर्ने मौक़ा मिल्यो ।

सिक्किमसंग नाता जोडिएको ५० बर्ष पुगे छ । शायद ५० पटक पुगें होला त्यहॉ १९६८ देखि २०१८ सम्म । विराटनगर वसांई हुँदा ( १९६८(१९९०) बर्षेनि २ पटक गईन्थ्यो । काठमाडौ बसाई सरे पछि आवत जावत पातलिएको छ । राजा देखि मुख्य मन्त्रीहरु सम्म र केही उच्च पदाधिकारीहरुसंग क़ुरा गर्ने सौभाग्य प्राप्त गरेकोछु । १९७५ अधि र पछिको सिक्किममा ठुलो अंन्तर छ, वस तुलना कसरि गर्ने भन्ने अहम प्रश्न छ ।

स्वतन्त्र सिक्किम, भारत संरक्षित सिक्किम  (Protectorate)  र भारतमा विलीन सिक्किमको आफ्नै रोचक र

गम्भीर कथा र ब्यथा छ । त्यसको विस्तार ब्याखा गर्ने यस पोस्टको मनसाय होईन, लामों लेख लेख्न जुकरबर्गले  face book  बनाएका पनि होईनन।

बस एउटै कुरा, सिक्किमको यस पटकको यात्राले राजधानी गान्तोकलाई राम्ररी नियाल्ने मौक़ा दीयो । यो शहर मैले पहिले देखेको भन्दा वेस्सरी सुन्दर मनमोहक भएको रहेछ । जहॉ गए पनि पर्यटक नै पर्यटक । होटलहरु जुलाई सम्मका लागि भरिभराउ । सडकमा मान्छे कम, गाडीहरु ज़्यादा । सड़क पेटी सफ़ा, घरहरु चिट्टिक्क वान्कि परेका, धुलो र धुंवा मुक्त, चारै तिर फुलैफुल, ख़ास गरि orchid को त खानि । हंसिलो नेपाली अनुहारहरु । नेपाली बोली, संस्कृति , रितीथिति सब नेपाली ।

सिक्किमको विकाशको मुख्य चुरो दिगो स्थायी सरकार रहेको कुरा शंका गर्ने ठॉउ रहेन । सिक्किमको विकाशको मुख्य कारण त्यहॉको स्थिर दिगो स्थायी सरकार नै मुख्य हो । त्यसमाथी सरकार र सारोकारवाला पक्षको सकारात्मक सोच र तिब्र इच्छा शक्ति प्रमुख देखिन्छ ।

श्री पवन चामलिगं आफ्नो २१ बर्षे मुख्यमन्त्रीय कार्यकाल सम्पन्न गर्दै छन् । उनी वर्तमान भारतको सबभन्दा लामो समय मुख्यमन्त्री पदमा पदाशिन हुने जनितीज्ञ पनि हुन् । बंगालको ज्योति बसुको रेकर्ड भंग गर्ने मुख्यमंन्त्रीको फैशला आॉउदो २०१९को राज्य निर्वाचनले गर्नेछ । निर्वाचनमा के हुने हो भबिष्यले बताउला तर यसो तालमाल हेर्दा राप र ताप उनकै पक्षमा देखिन्छ । यद्यपि नयाँ उदीयमान पार्टी र युवाहरु पनि जोड़तोड़ गर्दै छन । विकास र सकारात्मकतालाई बढि साथ दिने स्थानीयको बिबेक सहि ठाउँमा प्रयोग हुनेमा कुनै शंका नै छैन ।

सिक्किमको भैौतिक संरचनागत विकाश अतुलनीय छ, Executive, Legislature र Judiciary  को अन्तर संम्बन्ध लोकतान्त्रिय राज्यमा जस्तो हुनु पर्ने हो त्यस्तै छ, नियम बनाए पछि पालना गर्ने परम्पराको उच्च उदाहरण प्लास्टिक फ़्री सिक्किम, जथाभावि फ़ोहर गर्नेलाई जरिवाना र ट्राफिक अनुशासन केहि स्यानो नमूना उदाहरणहरु हुन ।

Floriculture मात्र होईन , Agriculture र socio- economic culture मा पनि राज्यले आसलाग्दो प्रगति गरेकोछ । भर्खरै गणराज्य भएको नेपालका नेता, प्रशासक तथा विधिवेत्ताहरुले नजिकको सिक्किमबाट धेरै राम्रा पक्षहरु ग्रहण गर्नु पर्ने मेरो यस पटकको भ्रमणको मुख्य अनुभव रह्यो । ख़ास गरि सिक्किमको Judiciary system लाई अध्ययन गर्ने मौक़ा पॉए यस पटक । हाम्रो मुलुकको हरिबिजोग विशेषतस् कानुन क्षेत्रको नियाल्दा सिक्किमबाट ग्रहण गर्नु पर्ने धेरै राम्रा कुरा रहेको महसूस भयो ।

मुलुकले नयाँ राजनितिक परीपाटि अगालेकोछ । खै, राज्यका मुख्य मुख्य अंगहरुमा राजनीति मात्र हाबी भएको देखिन्छ । हामीले सिक्नु पर्ने सिकेनौ, नसिक्नु पर्ने कुरा चाँही धेरै सिक्यौं, राजनैतिक दन्तबझानमा धेरै अलमलियौं । अब एक पटक पुनः मौक़ा आएको छ । दिगो स्थायी सरकारको सम्भावना उच्च छ । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न नचुकौं । मौक़ा आएको छ देशलाई समृद्ध बनाउने, समय खेर नफालौं ।


क्याटेगोरी : पर्यटन / सम्भावना, यातायात / यात्रा, सकारात्मक सोच

तपाईको कमेन्ट लेख्नुहोस्