धर्तिको स्वर्ग रारा : एक पटक पुग्नेपर्ने गन्तब्य (फोटो फिचर)

मुगु, जेठ । धर्तिको एउटा अलौकिक स्वर्ग हो, रारा । मुगु जिल्लामा अवस्थित राराको शब्दमा जति नै बर्णन गरे पनि कम हुन्छ । रारा पुग्ने जो कोहीले प्राकृतिक छटाको स्वर्गीय आनन्द लिदै आएका छन् । दृश्य त आफै सुन्दर छ नै सुनेको रारा भन्दा देखेको राराबाट पाइने आनन्द पनि बेग्लै छ ।
स्वर्गको टुक्रा जस्तै छ, रारा ताल । जहाँ पुग्दा स्वर्ग झरेजस्तो भान नहुने कुरै छैन । कतिपय त मोनालिसाको प्राकृतिक रुप भन्छन रालालाई । अझ मबिबि शाहले त रारालाई स्वर्गकी अप्सराको उपमा दिएर कबिता नै लेखे । तर राराको यो प्रकृतीक सुन्दरता हामीले सदुपयोग गर्न सकेनौँ । यो अनुपम छटालाई पर्यटकबाट भरिभराउ बनाउन खोजेनौँ वा जानेनौँ ।
रारा कर्णालीको सुनखानी नै हो यसलाई चिन्न ढिलाई भएको छ । अब यो प्रकृतिक छटामा विश्वलाई आकर्षित गर्न कत्तिपनि ढिलाई गर्नुहुन्न । जन्मेपछि जीवनमा एकपटक पुग्नै पर्ने थलो हो रारा । बिहान कालो, दिउसो निलो र बेलुका सप्तरंगी रुप राराले देखाइरहन्छिन् । तर उनको बहुरुप हेर्न समय र केही खर्चको ब्यबस्थापन भने गर्नैपर्छ ।
कर्णालीको आर्थिक कायापलट गर्न सक्ने रारा मात्रै होईन, रारा क्षेत्र स्थानीय जीवनशैली, बन्यजन्तु, स्थानीय खाना र फरक खालको भू बनावटले पनि अलौकिक र मनमोहक छ । समुन्द्र सहतबाट तीन हजार मिटर उचाइमा रहेको रारा तालको गहिराई १ सय ६७ मिटर छ भने लम्बाई ५ किलोमिटर छ ।
रारा तालको एक फन्को लगाउन तीन घण्टा समय खर्चिनुपर्छ । १६ वर्ग किलोमिटर ताल वारपारको लम्बाई छ ।
कसरी जाने रारा भन्ने ठूलो अलमल हुन सक्छ ?
रारा पदयात्रा हवाई र स्थल दुबै मार्गबाट जान सकिन्छ । समय थोरै भएर पनि जाने इच्छा छ भने हवाइ मार्ग रोजौँ । काठमाडौंबाट नेपालगन्ज हवाजहाज र नेपालगञ्जबाट मुगुको ताल्चा बिमानस्थलसम्म हवाइजहाजले जोडेको छ । एक साताको प्याकेजमा यो क्षेत्र फन्को मार्न सकिन्छ । सफा मौसम भयो भने रारा घुमेर एक सातामा आनन्दको अनुभुति लुटेर जहाजबाटै राजधानी फर्कन सकिन्छ ।
स्थल पदमार्ग : राजधानीबाट सुर्खेतसम्म बस र त्यसपछि कालीकोटको सदरमुकाम मान्मासम्म अर्को बस हुँदै मुगुको सदरमुकाम गमगढी पुग्न सकिन्छ । गाडीमा जांदा प्लेनमा भन्दा अलिधेरै समय खर्चिनु पर्छ । तर बाटोमै पर्ने तीन हजार बर्ष अघि नेपाली भाषाको उत्पत्तिको थातथलो जुम्लाको सिन्जा उपत्यका घुम्ने बोनस पाइन्छ, जो प्लेनमा जादा संभव छैन । तर गाडीबाट यात्रा गरिरहनु भएको छ भने राराबाट फर्कदा सिंजा पस्ने कि जांदा नै भ्याउने हो पूर्ण रुपमा तपाईको हातमा हुनेछ ।
रारा अब बिगत जस्तो कठिन छैन । जहाज र बसको विकल्पबाट एक सातादेखि दश दिनमा यात्रा पूरा गरी फर्कन सकिन्छ । जहाजबाट जादा ५० हजारको प्याकेज ट्राभल एजेन्सीहरुले उपलब्ध गराउनेछन भने बसबाट जाने भए ३० हजारदेखि ३५ हजारसम्मको प्याकेज उपलब्ध छ । होटलहरु निक्कै थोरै भएको रारामा होटलहरु भने थपिदैछन् । जुम्लाको मार्सी धानको चामल र सिमी पनि रारा पदयात्राका कोसेली बन्न सक्छन् ।
तीला नदीका असला माछा स्याउ र स्याउका परिकार, मह, अफ सिजन भेजीटेबल, केसर, खास गरेर स्याउबाट बनेको बिशेष ब्राण्डी–मदिरा पिउनेहरुका लागि जुम्ला महत्वपुर्ण गन्तब्य हो । अनेक थरि च्याउ, जडिबुटी मात्र होइन, कर्णाली अंचलकै कायापलट मुगुको रारा, डोल्पाको फोक्सुण्डो र हुम्लाको प्राकृतिक स्की प्रबद्धन र बजारीकरणबाट हुनसक्छ ।
क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, पर्यटन / सम्भावना
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्