पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, पर्यटन प्रवर्धनको अपेक्षा !
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको रुपमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ सफल अवतरण भएको छ । चीनबाट उडेको एयरलायन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जानकारि दिएको हो ।
चीन भ्रमणमा सहभागी सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियारले ‘सिचुवान एयरलाइन्स’ को उडान मार्फत पोखरा अवतरण गरेका छन् । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा पुगेका थिए । पहिलो अन्तर्राष्ट्रिय उडानलाई पानीको फोहोरसहित भब्य स्वागत गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । चिन सरकारको अनुदान तथा सहुलियत ऋणमा बनेको विमानस्थलमा भारतसँग लिनुपर्ने विभिन्न अनुमती लगायतका कारण अन्तर्राष्ट्रिय उडानमा ढिलाई हुँदैआएको थियो । यहाँको उडानका लागि कतिपय एयरलाएन्स भने तयार देखिएपनि उडान तालिका निश्चित भएको छैन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्