Techie IT
Mission Khabar

नेपाली र्याफ्टिङको चर्चा, भएन पर्याप्त प्रचार\प्रसार


काठमाडौं, जेठ । प्राकृतिक श्रोत र साधनका हिसावले नेपाल दक्षिण एशियाकै उत्कृष्ट गन्तब्य हो । यहाँ थुप्रै प्राकृतिक छटाहरु छन्, जसले स्वदेशी तथा विदेशी पर्यटकलाई ओभ्याइरहेका छन् । धार्मिक पर्यटन, प्राकृतिक पदयात्रा मात्रै होइन, साहसी जलयात्रा तथा र्याफ्टिङको एउटा उच्चतम बिन्दु हो, नेपाल ।

नेसनल जियोग्राफीले पनि विश्वका उत्कृष्ट १० जलयात्रा गन्तब्यमा नेपालाई दशौँ स्थानमा राखेको छ । सयैले पनि होला, नेपाललाई एसियाको पहिलो गन्तब्य मानिन्छ । नेपालमा रहेका छ हजार नदीनाला मध्ये १६ वटा नदीमात्र सरकारबाट जलयात्राका लागि खुल्ला गरिएका छन् । अहिले त्रिशूली, भोटेकोसी, सुनकोसी र कालीगण्डकी र्याफ्टिङका नियमित व्यावसायिक गन्तव्य बनेका छन् ।
राजधानी नजिकैका त्रिशूली, भोटेकोसी, सुनकोसी जस्ता नदीमा जलयात्रा गरी रमाउने पर्यटकको संख्या पनि बर्सेनि हजारौँको छ ।त्रिशूली काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले अर्को लोकप्रिय गन्तब्य बनेको छ ।

नेपालमा र्याफ्टिङका लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदी महत्वपूर्ण गन्तव्य मानिन्छ । त्यसमध्ये कर्णाली सबैभन्दा लामो (१० दिनको यात्रा) मानिन्छ भने त्रिशूली सबै किसिमले सहज मानिन्छ । अर्को महत्वपूर्ण भोटेकोसी नदीलाई मानिन्छ । नाराको विवरणअनुसार नेपालमा जलयात्राका लागि ७२ वटा कम्पनी दर्ता छन् । वार्षिक रुपमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिने गरेका छन् । जलयात्राका लागि विश्वका उत्कृष्ट १० मध्ये नेपालका तीन नदी सुनकोसी, भोटेकोसी र कर्णाली आकर्षक छाल र लामो भएका कारण उत्कृष्ट मानिएका छन् ।

कतिपय देश र्याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाईरहेका छन् । केही वर्षअघि मात्रै दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको छ। सन् २०१२ को लण्डन ओलम्पिकका लागि कृत्रिम नदी बनाएर र्याफ्टिङ चलाइएको थियो । हामी आफैसँग प्रकृतिले दिएका असंख्य नदिनाला छन्, तर तिनिहरुको समुचित सदुपयोगमा सरकार र व्यवसायीको ध्यान निक्कै कम पुगेको छ ।

photo by Priti Karki Gurung fb


क्याटेगोरी : पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्