Techie IT
Mission Khabar

६ हप्ता नेपाल घुमेपछि नेपालकाे मायामा यसरी डुब्न पुगिन् अष्ट्रेलियन युवती ( भिडियो संवाद सहित )


काठमाडौं\अष्ट्रेलिया–अष्ट्रलियन युवती एमी फाल्जो डेढ महिने नेपाल बसाईबाटै नेपालप्रति मोहित भईन । सन् २०१७ मा नेपाल आएकी उनी छोटो बसाईमै नेपाली र नेपालको माया र आत्मिएताको जालमा परिन । उनी नेपालप्रतिको माया देखाउन नेपाली भाषाका गित गाउने र नाच्ने मात्र होईन बोल्न पनि थालेकी छिन् ।

मुस्ताङ, पोखरा, घान्दु्रक, चितवन, नगरकोट, भक्तपुर आदी स्थानको घुमघामले मोहित भएकी एमी फाल्जो सदभावना दूत बनेर नेपालको सेवा गर्ने सोच सहित छिट्टै नेपाल आउँदै छिन् ।

नेपाली म्युजिकल्ली स्टार बनेकी एमीसँग अष्ट्रेलियामा बसेर नेपाली पत्राकारितालाई जारी राखेका कान्तिपुर टेलिभिजन र नेपाल ट्यूब अष्ट्रेलियाका सरल गुरुङले अष्ट्रेलियाको सिड्नीस्थिती उनकै घरमा पुगेर गरेको बिशेष सम्वाद यूट्युव भिडियोमा ।

थोरै चर्चा लेखक बारे :

स्वदेशमा होस् वा विदेशमा नेपाली पत्रकारितालाई निरन्तरता दिदै आएका छन्, सरल गुरुङले । तनहुको पुर्कोटमा जन्मिएका गुरुङ जोशिला र हिम्मतिला पत्रकार मध्ये एक हुन् । रेडियो र अनलाईन हुँदै सगरमाथा टेलिभिनबाट सुरु भएको भिडियो वा टेलिभिजन पत्रकारीतामा सरल अझै निरन्तर छन् । विशेषगरी अपराध र खोजमुलक क्षेत्रमा कलम चलाउने गुरुङ अहिले अष्ट्रेलियामा बसेर कान्तिपुर टेलिभिजन र नेपाल ट्यूब अष्ट्रेलियाका लागि पत्रकारिता गर्छन ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्