Techie IT
Mission Khabar

नेपाली उड्डयनमा सुधार, आईकाओले हटायो गम्भिर सुरक्षा चासोको सूचीबाट, युरोपियन युनियनबाट छिट्टै हट्ने


काठमाडौं – अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीबाट हटाएसँगै युरोपियन युनियनको सूचीबाट पनि हट्ने आँकलन गर्न थालिएको छ ।

आइकाओले गम्भिर सुरक्षा चासो भएको मुलुकबाट हटाएको दाबी गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी अबको तीन महिनाभित्र युरोपियन युनियनले पनि गम्भीर सुरक्षा चासोको सूचीबाट हटाउने बताउँछन् । हटाउने आग्रह गरिसकेको नेपालले थप गृहकार्यका लागि आगामी सेप्टेम्बरमा टोली पठाउदैछ । उडान सुरक्षा मापदण्ड ६० भन्दा तल भएकालाई सुरक्षा चासोको सूचीमा राख्ने गरिन्छ ।

नेपालको सुरक्षा मापदण्ड ५५ मा सिमित भएको भन्दै आइकाओले २०१३ देखि नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीमा राखेको थियो । अहिले नेपालको उडान सुरक्षा मापदण्ड ६६.०८ पुगेको बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्