तीन महिनापछि पश्चिम नेपाल दिल्लीसँगको हवाई उडानसँग जोडिने, नेपालगञ्ज दिल्ली सिधा उडानको तयारी तिब्र

काठमाडौं \ नेपालगञ्ज – अबको केही महिनामै नेपालगञ्जबाट भारतको दिल्लीसम्मको सिधा उडान सुरु हुनेभएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुटको अनुमति दिएसँगै नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो ।
केही समय अघि मात्रै नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिट उचाइको उडान अनुमतिको सहमति भएसँगै कम उचाइमा उड्ने नेपाल र भारतका विमानलाई दिल्ली उडान सहज हुने अपेक्षा गरिएको छ । विराटनगर र जनकपुरमा प्रवेश विन्दु दिन भारत सहमत भएसँगै नेपाल भारत सिधा उडानको गन्त्ब्य बढाउनेगरी सरकारले विमान कम्पनीलाई आह्वान गर्न लागेको छ ।
नेपालगञ्ज विमास्थलमा क्वारेन्टाइन, अध्यागमन लगायतको व्यवस्था साढे ३ महिनामा गरिसक्ने र भारतले एयर रुट दिएपछि दिल्ली उडान सुरु गर्ने गरि तयारी तिब्र पारिएको छ ।
क्याटेगोरी : पर्यटन / सम्भावना, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्