Techie IT
Mission Khabar

पर्यटकीय हब ठमेलमा खाल्डाखुल्डीको अबरोध, कसरी पुरा होला सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने लक्ष्य


काठमाडौं–देशकै निक्कै व्यस्त रहने प्रमुख पर्यटकीय गन्तब्य हो, ठमेल । रातको रौनकता र दिनको चहलपहल रहने ठमेल क्षेत्र अहिले भने खाल्डाखुल्डी शहर बनेको छ ।
दिनमै हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत हुने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र यसैपनि खाल्डाखुल्डी थियो । अहिले झनै मेलम्चीको पानीका नाममा खनिएको बाटोले कुरुपसँगै जोखिम बढेको छ । बाटोमा जमेको पानी र परेका खाल्डाखुल्डीले ठमेलको हिडडुलमा जोखिम थपिदिएको छ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । तर सरकारको महत्वकांक्षी लक्ष्यलाई ठमेल क्षेत्रको सडक व्यतिथिले गिज्याइरहेको छ ।

नर्सरी चोकबाट असन जाने क्वावहाल मार्ग, क्षेत्रपाटी हुँदै ठँहिटी जाने चोक, अमृत क्याम्पसदेखि सञ्चयकोषसम्मको बाटो विस्तार तथा कालोपत्रे अनि मेलम्चीको पाईप विस्तारका कारण कच्चि र जोखिम बनेको छ । स्वदेशी तथा विदेशी पर्यटकको चलहपहल कै कारण ठमेल २०७४ कात्तिक ६ गतेदेखि सवारीसाधन निषेधित क्षेत्र बनेपनि यसको व्यवस्थापनमा सरकार र स्थानीय तहको ध्यान पुगेको देखिदैन ।

लामो समयसम्म देखिएको सडकको व्यतिथि बारे काठमाडौं महानगरपालिका भने बजेट विनियोजन गरेर काम अघि बढाइएको बताउँछ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्