Techie IT
Mission Khabar

पर्यटकको आगमन बढ्दो क्रममा अघिल्लो बर्षको तुलनामा १३ प्रतिशतले बृद्धी


काठमाडौं– भूकम्पपछि केही सुस्त बनेको पर्यटन क्षेत्र अहिले चलायमान हुन थालेको छ । पर्यटकहरुको चहलपहल बढेसँगै व्यवसायीहरु पनि आशावादी हुन थालेका छन् ।

सरकारी तथ्यांक अनुसार अंग्रेजी वर्ष २०१८ को पहिलो छ महिनामा मात्रै ५ लाख २० हजार १४ जना विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । अध्यागमन विभागमा रहेको तथ्यांकअनुसार अघिल्लो वर्ष भन्दा चालू बर्षमा आएको पर्यटकको संख्या १३ प्रतिशत बढी हो । जुन महिनामा ६५ हजार १ सय ५९ जना पर्यटक नेपाल आएकोमा गत बर्षको सोही महिनामा ५५ हजार ९ सय ५६ पर्यटक नेपाल आएका थिए ।

सार्क राष्ट्रका २६ हजार ५ सय ७३, एसियाका बाँकी राष्ट्रबाट १४ हजार १ सय ९६, युरोपबाट सात हजार ५ सय ७३, अमेरिकी राष्ट्रबाट ८ हजार ८९, ओसियाना क्षेत्रबाट एक हजार ८ सय २४ र अन्य राष्ट्रका ६ हजार ९ सय ४ जना पर्यटक नेपाल आएको रेकर्डमा छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्