Techie IT
Mission Khabar

मौलिक स्वरूपमै सम्पदा बस्तीको पुनःनिर्माण, मौलिकता बचाउन थप ५० हजार


काठमाडौँ– भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागल लगायतका परम्परागत बस्तीको मौलिक स्वरुप जस्ताको त्यस्तै राख्ने निर्णय गरेको हो ।

यस्तै, उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजार लगायत बस्तीको पुनःनिर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत् राख्ने प्राधिकरणको योजना छ । यी क्षेत्रको बाटो, खानेपानी, ढल निकास लगायतका पूर्वाधार पुनःनिर्माणका लागि पनि प्राधिकरणमार्फत् नै लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्ता बस्तीमा रहेका निजी आवास पुनःनिर्माण गर्ने घरधनीलाई मौलिक÷पुरातात्विक शैलीमा पुनःनिर्माण गर्न थप रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्