Techie IT
Mission Khabar

राष्ट्रपतिबाट इन्द्रजात्राको अवलोकन, रथ तान्न थालेसँगै काठमाडौंमा जात्राको रौनक


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार हनुमानढोकामा पुगेर इन्द्रजात्राको अवलोकन गरेसँगै रथ जात्राले औपचारिक सुरुवात पाएको छ ।

राष्ट्र प्रमुखले इन्द्रजात्राको अवलोकन गर्ने परम्परा अनुसार हनुमानढोकी पुगेकी राष्ट्रपति भण्डारीले कुमारी, गणेश र भैरव रथको अवलोकन गरेकी थिइन् । राष्ट्रपतिले दर्शन गरी दक्षिणा चढाएपछि तीनै देवताको रथ वसन्तपुर र हनुमानढोका क्षेत्रका विभिन्न स्थानमा परिक्रमा सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । भूकम्पबाट गद्दी बैठक भत्किएपछि हनुमानढोका परिसरबाट सञ्चालन हुँदैआएको इन्द्रजात्रा पुनःनिर्माण सम्पन्न भएसँगै यो बर्षबाट गद्दि बैठकबाटै सञ्चालन भएको छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्