Techie IT
Mission Khabar

भाकल पूरा गर्ने १६ पाथी सिक्का, पाथीभरामा चढाए अभिभावकले


काठमाडौं– सुन्दै अचम्म लाग्ने वास्तविकता, तर आस्था र विश्वासको निरन्तरता । हो, अमेरिकामा अध्ययनका क्रममा रहेकी अनु श्रेष्ठको भाकल पूरा गर्न उनका अभिभावकले मन्दिरमा १६ पाथी सिक्का चढाएका छन् ।

१ लाख ४ हजार रुपैयाँका सिक्का चढाउन गरेको भाकल अनुसार परिवारका सदस्यहरुले पाथीभरा मन्दिरमा १६ पाथी सिक्का चढाएका हुन् । अनुका दाजु ईश्वरकुमार माली (नन्दु) ले अमेरिकामा पढ्दै गरेकी बहिनीको पुरानो भाकल पूरा गर्न सिक्का चढाएको बताएका छन् । एउटा आस्था र विश्वासले व्यक्तिलाई यतिसम्म अन्धभक्त बनाउछ भन्ने एउटा उदाहरण बनेको यो सिक्का काण्ठलाई कतिपयले स्वभाविक पनि भनिरहेका छन् ।

अनुको भाकल पुग्यो वा पुगेन त्यो उनैलाई थाहा होला तर उनको आस्थाको पुकारलाई परिवारका सदस्यले पुरा गरिदिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्