देशको तेश्रो केवलकारका रुपमा तिहारबाट कालिञ्चोक केवलकार सञ्चालनमा आउँदै, बन्ला त पर्यटन र विकासको सारथी ?

दोलखा–सुरज बस्नेत । कालिञ्चोक गाउँपालिकामा निर्माणाधिन केवलकार तिहारअघिबाट सञ्चालनमा आउने भएसँगै कालिञ्चोक भगवतीको दर्शन सहज हुने भएको छ । पहिलो चरणको प्रारम्भिक परीक्षणमा सफल भएको कालिञ्चोक केवलकार देशकै तेश्रो केवलकारका रुपमा सञ्चालनमा आउन स्विट्जरल्याण्डको प्राविधिक टोलीको परिक्षण पास हुनुपर्नेछ ।
कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिनिर्माण सुरु गरेको कालिञ्चोक केवलकार दसैंपछि इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर आएर परिक्षण गरेपछि तिहारअघिबाट आंशिक र मंसिरपछि नियमित सञ्चालन हुने कालिञ्चोक केबलकार प्रा.लीका कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । दोलखाको कालिञ्चोक गाउँपालिकामा अवस्थित कालिञ्चोक भगवती दर्शनका लागि पुग्ने भक्तजनको सुविधालाई मध्यनजर गरेर बनाइएको केबलकारमा स्थानीय व्यवसायीहरुले लगानी रहेको बताइएको छ ।
केवलकार सञ्चालनपछि कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नुपर्ने बाध्यताबाट धार्मिक पर्यटकले मुक्ति पाउनेछन् भने मन्दिर आसपासबाट मनोरम दृश्य र विभिन्न हिमश्रृङ्खलाको अवलोकन सहज हुनेछ । ४ ओटा डब्बा रहेको केवलकारमा प्रति डब्बा १० जनाका दरले एक पटकमा ४० जनाले ओहोरदोहोर गर्न सक्ने व्यवस्था मिलाइएको कालिञ्चोक केवलकारका सञ्चालक बालकृष्ण शिवाकोटी बताउँछन् । पाँच मिनेटमै कालिञ्चोक भगवती, हिमाल र मनोरम दृश्यकोअवलोकनका लागि पुग्न सकिने भएपछि केवलकार यस क्षेत्रको बाह्य तथा आन्तरिक पर्यटन प्रवर्धनमा सहयोगी बन्ने अपेक्षा गरिएको छ ।
२६ करोड लागत अनुमान गरेर निर्माण गरिएपनि निर्माण सम्पन्न गर्दासम्म केवलकारको लागत ४० करोड पुगेको निर्माण पक्षको दाबी छ । जीर्ण सडक र डलर भाउको उच्च मुल्य र भन्सार सम्बन्धी नयाँ कानुनी व्यवस्था नहुदा लागत बढ्न पुगेको बताइएको छ । १० वटै टावर बनाएको निर्माण पक्षले स्वीट्जरल्याण्डबाट सामान ल्याएर केवलकार तयार पारेको हो ।
क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्