Techie IT
Mission Khabar

असोज २९ गतेबाट श्रीपेच प्रदर्शनीमा, नारायणहिटी दरवार सङ्ग्रहालयले मेट्ला त अवलोकनकर्ताको जिज्ञासा


काठमाडौँ–शाहवंशको विरासतका रूपमा हेरिने श्रीपेच असोज २९ गते सोमबारदेखी सर्वसाधारणले हेर्न पाउने भएका छन् । सोमबारदेखी नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने भएका हुन् ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने भएको छ । श्रीपेचसँगै राखिने राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्रीको सुरक्षा सात तहमा गरिएको छ । सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै सार्वजनिक गरिएको थिएन । बुलेट प्रुफ सिसा सहितको सोकेसलाई नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हानेर परिक्षण गरेपछि सुरक्षाको प्रश्न समाधान भएको थियो । गोली लाग्दा प्वाल नपरी सिसा सामान्य चर्किएको मात्र थियो ।

पुरातत्व विभागका महानिर्देशक दाहालको संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयन गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदर्शनी खुल्ला गरेको बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, सकारात्मक सोच, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्