Techie IT
Mission Khabar

गुर्जा हिमालमा पहिरो, दशकौँपछि आरोहणमा पुगेका ४ नेपाली सहित ८ को मृत्यु


म्याग्दी / काठमाडौं म्याग्दीको गुर्जा हिमालमा आएको हिम पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । शुक्रबार रातिको हिमपहिरोमा परि चार नेपालीसहित ८ जनाको ज्यान गएको हो ।

बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र चार नेपाली भरियाको हिमपहिरोमा पुरिएर मृत्यु भएको पर्यटक प्रहरीले जनाएको छ । हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि सिम्रिक एअर पुगेको छ भने शवहरू यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन् । गुर्जा गाउँपालिकामा भएको यो घटना राति करिब १० बजेतिर भएको बताइएको छ । हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको क्याम्प खसेर घटना भएको प्रहरी दाबी छ ।

७ हजार १ सय ९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखला अन्तर्गत पर्दछ । दशकौँपछि भएको पहिलो आरोहण टोली नै दुर्घटनामा परेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्