Techie IT
Mission Khabar

लोन्ली प्लानेट सर्वेक्षण : काठमाडौं विश्वका दश उत्कृष्ट शहरको सूचीमा ऐतिहासिक सम्पदा र पर्यटकिय गन्तब्यको चर्चा


काठमाडौं–नेपालको भूगोल र प्राकृतिक सम्पदाले विश्वलाई आकर्षित गरिरहेको छ । नगरोस्, पनि कसरी । नेपालको प्राकृतिक सुन्दरता अचुककै छ । हरियाली वातावरण, कलकल बग्ने खोलानाला अनि झरना । हिमाल र चराचुरुङ्गीको आवाज उस्तै मन्त्रमुग्ध बनाउने खालको ।

नेपालको सिंगो परिवेशले विश्वभरका पर्यटक आकर्षित गरिरहँदा देशको केन्द्र शहर काठमाडौं विश्वका दश उत्कृष्ट शहर मध्ये पाँचौ स्थानमा परेको छ । घुमफिरका गन्तब्यबारे जानकारी सार्वजनिक गर्दै आएको अमेरिकी ट्राभल गाइड ‘लोन्ली प्लानेट’ले सन दुई हजार १९ मा घुम्न लायक भनेर सार्वजनिक गरेको दश शहरको सुचिमा काठमाडौं समावेश भएको छ । काठमाडौँ सूचिको पाँचौँ नम्बरमा रहँदा पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन परेको छ ।

दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्बियाको नोवी साद तथा चौथो नम्बरमा अमेरिकाको मायामी परेको छ । सूचिको छैटौँ नम्बरमा मेक्सिकोको मेक्सिको सिटी समावेश भएकोमा सातौं स्थान सेनेगलको दाकारले ओगटेको छ । आठौंमा अमेरिकाको सियाटल, नबौंमा क्रोएसियाको जादार र दशौंमा मोरक्कोको मेक्नेस शहर परेका छन् ।

लोन्ली प्लानेटले आफ्नो बेवसाइटमा काठमाडौं बारे लेखेको छ–तीन बर्षअघिको भुकम्पलाई भुलेर काठमाडौं विश्वभरका पर्यटकलाई स्वागत गर्न आतुर छ । अधिकांश ऐतिहासिक क्षेत्र पर्यटकीय क्षेत्र भुकम्पपछि पुर्ननिर्माण भएको र केही हुन नसकेपनि घुम्न लाएक छन् ।

लोन्ली प्लानेटले काठमाडौमा विद्युत आपूर्ति र इन्टरनेट सुबिधा राम्रो रहेको उल्लेख गर्दै सन् २०१९ मा घुम्नुपर्ने शहर भनेको छ । लोन्ली प्लानेटले हरेक वर्ष उत्कृष्ट शहरको सूचि सार्वजनिक गर्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विश्व / विविध
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्