Techie IT
Mission Khabar

पर्यटक लोभ्याउने संग्रहालय, विरताको स्मरण कि इतिहास बचाउने प्रयास ? (फोटो डायरी)


पोखरा– वीर गोर्खाली भनेर युद्ध कौशलमा नाम कहलिएका वीरबिरंगनाहरुको इतिहास गाथा हेर्नेहरुको पोखरमा भीड लाग्न थालेको छ ।

प्राकृतिक छटा र धार्मिक सम्पदाले सबैलाई मोहित बनाएको पोखरामा अहिले गोर्खा मेमोरियल संग्रहालय पुगेर पुर्खाहरुको विरताको इतिहास हेर्नेहरु बढेका छन् ।

संग्रहालयमा गोर्खाली सेनाको शैनिक पोशाख, लडाईमा प्रयोग भएका हतियार र सञ्चार उपकरणका साथै तात्कालिन युद्धको झल्को दिलाउने तस्विर अवलोकन गर्न पाइन्छ ।

गोर्खाली सेनाले देखाएका युद्धकौशलसंगै उनिहरुले प्रयोग गरेका युद्धका सामाग्री संग्रह गरिएको यो संग्रहालयले भावि पुस्तालाइ पुर्खाको विरता स्मरण गराएको छ । सन् १९९६ मा क्यप्टेन एकनारायण गुरुङले काठमाडौंमा स्थापना गरेको गोर्खा मेमोरियल संग्रहालय सन् २००१ मा पोखरामा स्थानान्तरण गरिएको थियो ।

सन् २००४ मा पोखराको के.आइ.सिंह पुल नजिकै व्रिटिस क्याम्पको जग्गा भाडामा लिएर भुतपूर्व गोर्खा सैनिकको पहलमा भवन निर्माण गरिएपछि सन् २००८ देखि संग्रहालय आफ्नै भवनबाट सञ्चालन भैरहेको छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्