बाह्य पर्यटक सिजन सुरु नहुँदै ३३ प्रतिशतले बढे, भूकम्पबाट सुस्ताएको पर्यटन उद्योगलाई राहत

काठमाडौं– शरद ऋतुको आगमनसँगै नेपाली पर्यटन उद्योग केही जुर्मुराउने गर्छ, अर्थात यो सिजनमा पर्यटकको चहलपहल ह्वात्तै बढ्नेगर्छ । सिजन सुरु भएसँगै अघिल्लो बर्षको तुलनामा २० प्रतिशतले बढेको पर्यटकसंख्या थप बढ्ने व्यवसायीको आँकलन छ ।
भूकम्पपछिको केहीबर्षसम्म निरास भएका व्यवसायी बाह्य पर्यटक आउने क्रम बढेसँगै उत्साहित छन् । नेपालको प्राकृतिक छटा र सांस्कृतिक सम्पदाले विश्वलाई मोहित बनाउने गरेको छ । यो सबैले स्विकारेको सत्य हो । अझ, बर्षेनी बढ्ने बाह्य पर्यटकको आगमनले यसलाई पुष्टि गर्छ ।
यता, विश्व पर्यटन संगठनले सन् २०१८ मा दक्षिण एसियामा ठूलो संख्यामा पर्यटक भित्राउने देशको सुचिमा नेपाललाई समावेश गरेर पर्यटकको थप बढोत्तरी हुनेतर्फ संकेत गरेको छ । सन् २०१८ जनवरी देखि सेप्टेम्बर सम्ममा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २० प्रतिशतले विदेशी प्रयटकको आगमन बढेको बताउने नेपाल पर्यटन बोर्ड चालू वर्षको सेप्टेम्वर महिनामा मात्रै ९१ हजार आठ सय बिस विदेशी पर्यटक नेपाल आएको दाबी गर्छ । गत वर्षको सेप्टेम्बर महिनाको भन्दा यो संख्या ३३ प्रतिशतले बढि हो ।
नेपालमा सबैभन्दा बढी भारत, चिन,जापान रश्रीलंकाबाट पर्यटक आउने गरेका छन । यस्तै,अमेरिका, बेलायत, जर्मनी, फ्रान्सबाट आउने पर्यटकको संख्या पनि ठूलो छ । घुम्न आउने बाह्य पर्यटकले औषत तेह्र दिन नेपालमा विताउने गर्दछन् । कुल पर्यटन क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलम ६ प्रतिशत योगदान पु¥याउदै आएपनि सरकारले सहयोग र प्रचार प्रसारमा साथ नदिएको व्यवसायीहरु बताउँछन् । पर्वतारोहणबाट सुरु भएको नेपाली पर्यटन उद्योग अहिले पदयात्रा, जलयात्रा, प्राकृतिक शुन्दरता अवलोकन हुँदै विभिन्न आयाममा बिस्तार भैरहेको छ ।
भूकम्पकाकारण क्षति भएका ऐतिहासिक पुरातात्विकसम्पदाको पुनःनिर्माण समयमै नहुने हो भने सन् २०२० मा बिस लाख पर्यटक भित्राउने सरकारी लक्ष्य भने प्रभावित हुने देखिन्छ । रपनि नेपाल घुम्न आउने गरेका पर्यटक नेपालको सुन्दरता र सम्पदासँग रमाउने रहर पुरा गर्न पुनः आउने बाचा गर्दै फर्किने गरेका छन् । यसले नेपालको भूगोलप्रतिको पर्यटकको आकर्षण झल्काएपनि राज्यको सक्रियता भने निक्कै कम छ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्