Techie IT
Mission Khabar

ललितपुर महानगरले फेरेको नागदह, पर्यटक बढ्दा स्थानीयलाई मनग्य आम्दानी (फोटो डायरी)


ललितपुर– नागदह, ललितपुरको धापाखेलस्थित एउटा पर्यटकिय गन्तब्य । नगन्य मात्र पर्यटक पुग्ने यो गन्तब्य अहिले पर्यटकिय केन्द्र बन्न थालेको छ । पछिल्लो समय नागदहमा पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।

ललितपुर महानगरपालिकाको पहलमा पोखरीको संरक्षण र प्रचार प्रसार गरिएपछि पर्यटक बढेका छन् भने स्थानीयको आम्दानी पनि बढ्न थालेको छ । ५२ रोपनीमा फैलिएको यो प्राकृतिक दहले अहिले ठुलो संख्यामा पर्यटकलाई आकर्षित गरिरहेको छ ।

दह अवलोकन र डुङ्गामा चढेर प्रकृतिसँग रमाउने पर्यटकको संख्या पछिल्लो समय दैनिक हजारौँ पुग्ने गरेको छ ।कुनै दिन त एक लाख बढी पर्यटक नागदह आउने गरेको स्थानीय बताउँछन् ।

ऐतिहासिक महत्व वोकेको यो दहको नाम मञ्जुश्रीसँग पनि जोडिने गरेको छ । मन्जुश्रीले काठमाडौं उपत्यकाको पानी चोभारमा गल्छी काटेर बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह मात्र बाँकी रहेको किंबदन्ती छ । ललितपुर महानगरले दह संरक्षणका लागि वरिपरीका क्षेत्रमा वृक्षारोपण र बाटो निर्माणको कामलाई तिब्रता दिएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जन भन्छन्– नागदह संरक्षण र सम्वद्र्धनको काम तिब्र गतिमा अघि बढेको छ, निकट भविश्यमै नागदह ललितपुरको महत्वपुर्ण पर्यटकिय गन्तब्य बन्नेछ ।

नागदह मात्रै होइन, हामीसँग यस्था थुप्रै प्रकृतिक पोखरी र सम्पदाहरु छन् । प्रत्येक स्थानको ऐतिहासिक, धार्मिक र पर्यटकिय महत्व रहँदै आएको छ । यी र यस्ता स्थानको संरक्षण र प्रचार प्रसार मात्रै गर्न सक्ने हो भने पनि देशको अर्थतन्त्र बलियो बन्नसक्छ । केवल खाँचो छ, सरकारी इच्छाशक्ति र प्रतिबद्धताको ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्