Techie IT
Mission Khabar

जनकपुर जयनगर रेल : भाडामा आवश्यक सामाग्री र जनशक्ति लिएर चलाउने तयारी


जनकपुर– रेल विभागले जनकपुर जयनगरका लागि तयार भएको रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ । नेपालसँग आफ्नो छुट्टै रेलको इन्जिन, डिब्बा र आवश्यक जनशक्ति नभएकाले भाडामा लिएर सञ्चालनको तयारी गरिएको रेल विभागले जानकारी दिएको हो ।

रेल संञ्चालनको पुरै जिम्मा तेश्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बा लगायत आवश्यक सामाग्री सहितको जनशक्ति तेश्रो पक्षबाट भाडामा लिने भन्ने औपचारिक निर्णय भने भैसकेको छैन । रेल्वे विभागका ईन्जिजियर अमन चित्रकारले विभागले दीर्घकालिन रुपमा रेल सेवा सञ्चालनका लागि ट्रेन सेट किन्नुपर्ने र आवश्यक जनशक्ति तयार गर्नेतर्फ सरकारले काम थाल्नुपर्ने बताए । आगामी महिना देखि पुर्णरुपमा संञ्चालनमा आउने गरि जनकपुर जयनगर रेलवे ट्रयाक निर्माणको काम भैरहेको छ ।

पहिलो चरणमा धनुषाको जनकपुर नजिक कुर्धा देखि भारतको जयनगर सम्मको रेल ट्रयाकको स्तरोन्नतिको काम भएको छ । दोश्रो चरणमा धनुषको कुर्थादेखि महोत्तरको भंगाहा सम्म र तेश्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म रेल ट्रयाक निर्माण गर्नेगरी काम अघि बढेको छ । तीनै चरणको काम सकिएपछि महोत्तरीको बर्दिवासबाट जनकपुर हुदै जयनगरसम्म रेल संचालन हुने बताइएको छ ।

यस्तै, जोगबनी विराटनर, नौतनवा भैरहवा र नेपालगञ्ज रोड देखि नेपालगञ्जसम्म पनि नेपाल भारत जोड्ने अन्तरदेशिय रेलवे सेवा संचालन गर्ने योजना सहित रेल विभागले काम अघि बढाएको जानकारी दिएको छ । रेल सेवा विस्तारको काममा विभागले काम गरेपनि रेल इन्जिन डिब्बा र आवश्यक जनशक्तिको अभावका कारण अपेक्षा अनुसार प्रगती गर्न सकेको छैन ।


क्याटेगोरी : पर्यटन / सम्भावना, यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्