Techie IT
Mission Khabar

हुम्लामा हिमपात, स्थानीय मारमा (फोटो डायरी)


हिमाली जिल्ला हुम्लामा आइतबार बिहानबाट हिमपात शुरु भएको छ । विगतका बर्षमा पुस महिनाबाट हिमपात सुरु हुने हुम्लामा यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।

हिमपातसँगै हुम्लामा चिसो एक्कसी बढेको छ भने तापक्रम माइनसमा झरेको छ । यो वर्ष कात्तिकमै हिमपात परेपछि किसान भने चिन्तित बनेका छन् ।

स्थानीय कृषक बालीनाली घर भित्र्याउन नपाएका कारण चिन्तित बनेका हुन् । हिमपातले फलफूलमा समेत असर पुग्ने स्थानीयले बताएका छन् । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्री मापन गरिएको छ ।

फोटो : सामाजिक सञ्जालबाट


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्