Techie IT
Mission Khabar

पशुपतिनाथ, लुम्बिनी क्षेत्र र होटल द्धारिकाज वल्ड बुक अफ रेकर्डमा, बैंकर तथा निर्माण व्यवसायी मनोज श्रेष्ठलाई एक्सलेन्स अवार्ड


काठमाडौं–हिन्दुहरुको आस्थाको धाम पशुपतिनाथ मन्दिर, बुद्ध जन्मस्थल तथा बुद्धिष्टहरुको प्रमुख धाम लुम्बिनी क्षेत्र वल्ड बुक अफ रेकर्डमा समावेश भएका छन् ।

लुम्बिनी क्षेत्र

यस्तै, वल्ड बुक अफ रेकर्डले काष्टकलाको अनुपम नमुना देख्न सकिने पुरातात्विक होटल होटल द्धारिकाजलाई पनि आफ्नो सूचीमा समावेश गरेको छ । विश्वभरिका पुरातात्विक महत्वका पर्यटकिय स्थललाई अभिलेखीकरण गर्दै आएको बेलायतको वल्ड बुक अफ रेकर्डले पशुपतिनाथ मन्दिरलाई हिन्दुरुको ऐतिहासिक तथा पुरातात्विक धाम तथा हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा अर्थ्याएको छ । यता लुम्बिनी क्षेत्रलाई बौद्धमागीको धाम तथा पर्यटनको केन्द्रका रुपमा र सन् १९ सय ७७ मा द्धारिकादास श्रेष्ठबाट स्थापित होटल द्धारिकाजलाई काष्टकलाको उत्कृष्ठ नमुना देख्न सकिने पुरातात्विक होटलका रुपमा वल्ड बुक अफ रेकर्डमा समावेश गरिएको जनाएको छ ।

निर्माणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै हिमालयन बैंक तथा न्यू एभरेष्ट कन्ट्रक्सन कम्पनिका अध्यक्ष रहेका मनोज बहादुर श्रेष्ठ नेसनल एक्सलेन्स अवार्डद्धारा सम्मानित भएका छन् । बेलायतमा प्रधान मुख्यालय रहेको वल्ड बुक अफ रेकर्डले बेलायत, युके, अष्ट्रेलिया भारत लगायतका देश मार्फत विश्व सञ्जालमा काम गर्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्