Techie IT
Mission Khabar

विराटनगरबाट सुरु हुँदै माउन्टेन फ्लाइट, हिमश्रृङ्खला प्राकृतिक तथा सांस्कृतिक सम्पदा देखाएर पर्यटन प्रवर्धन गर्ने लक्ष्य


विराटनगर–प्रदेश १ को निक्कै पुरानो औधोगिक क्षेत्र विराटनगरबाटै अब माउन्टेन फ्लाइटको मज्जा लिन पाइने भएको छ । अबको केही दिनबाटै माउन्टेन फ्लाइटको नियमित उडान सुरु हुने भएको हो ।

पर्यटन र होटल व्यवसायीले ‘विराट होलिडेज’ मार्फत् व्यवसायिक रुपमा थालेको माउन्टेन फ्लाइटको तयारी पुरा भएको छ । दुई दिनदेखी नै उडानले नियमितता पाउने बताइएको छ । काठमाडौ भन्दा सस्तो दरमा माउन्टेन फ्लाइट गराउन सकिने सम्भाव्यता देखेपछि विराटनगरका पर्यटन व्यवसायी, होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एसोसिएसन सम्वद्ध पदाधिकारी एवम् उद्योग वाणिज्य संघ, महासंघको सहकार्यमा ‘विराट होलिडेज’ बनाइएको थियो । व्यवसायीले बिशेष गरि भारतको बिहार, लहान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगायतका आन्तरिक बजार तथा सीमावर्ती भारतीय बजारलाई लक्षित गरेर माउन्टेन फ्लाइट उडान भर्न लागेको जनाएका छन् ।

माउन्टेन फ्लाइटमा प्रदेश १ का आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न सकिनेछ । फ्लाइटका लागि विराटनगर आधार क्षेत्र रहेका ट्राभल एजेन्सीहरुले टिकट विक्री गर्नेछन् । माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सको जहाजका झ्यालतर्फका १९ सिट प्रयोगमा आउने छन् भने टिकट ९ हजार ९ सय रुपैया पर्ने जनाइएको छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, यातायात / यात्रा, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्