विराटनगरबाट सुरु भयो माउन्टेन फ्लाइट, तीनवटा साप्ताहिक उडानको अग्रिम बुकिङ

विराटनगर– आन्तरिक तथा वाह्य पर्यटन बढाउने उद्देश्यसहित विराटनगरबाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ । निजी क्षेत्रको पहलमा प्रदेश– १ को अस्थायी राजधानी विराटनगरबाट पहिलो पटक व्यावसायीक माउन्टेन फ्लाइट सुरु भएको हो ।
माउन्टेन फ्लाइटको पहिलो उडानबाट प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमशिखरको अवलोकन गरे । यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानबाट सुरु गरिएको माउन्टेन फ्लाइट विशेषगरी भारत र बंगलादेश तथा आन्तरिक पर्यटकलाई लक्षित गरी सुरु गरिएको हो । साप्ताहिक उडान गर्ने योजना सहित पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाले विराटनगर विमानस्थलबाट चार्टर्ड विमानमार्फत शनिबार माउन्टेन फ्लाइटको उडान गर्नेछ ।
विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार कुल ५५ मिनेटको उडान अवधि रहनेछ । माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सलाई प्रतिउडान १ लाख ८० हजार दिने गरि ‘विराट होलिडेज’ ले सहमति गरेको छ भने विराटनगरका स्थानीय ट्राभल एजेन्सीबाट काटिने टिकटको ९ हजार ९ सय रुपैँया लाग्ने बताइएको छ । जुन उडान काठमाडौं भन्दा सस्तो हो । काठमाडौंबाट माउन्टेन फ्लाइटको उडान भर्न प्रति यात्रु ११ हजार ६ सय ३५ रुपैयाँ तिर्नुपर्छ । विराटनगरको माउन्टेन उडानबाट प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न पाइने भएपनि उडानको नियमिततामा भने चुनौती छ ।
आन्तरिक पर्यटक मात्रैले उडानलाई नियमित गर्न सम्भाव देखिदैन । यसर्थ वाह्य पर्यटक आकर्षित गर्न प्रदेश सरकारले आवश्यक नीतिका साथै यसको प्रचार प्रसारमा सहयोग गरेमात्रै उडानले नियमितता पाउनसक्छ । माउन्टेन फ्लाइटका तीनवटा उडानका लागि अग्रिम बुकिङ भइसके र यात्रुको चाप बढे शुक्रबार पनि उडान भर्ने लक्ष्य विराट होलिडेजको छ । प्रदेश १ मा १४ वटा विमानस्थल छन् । विराटनगरबाट लुक्काका लागि उडान भर्न सकेमात्रै दैनिक पाँचवटा माउन्टेन फ्लाइट चल्ने व्यवसायीहरु बताउछन् । काठमाडौं–लुक्लाका लागि अहिले दैनिक ५० उडान भएपनि अपुग रहँदै आएको छ ।
२०७३ सालमा विराट एक्पोको समयमा एउटा माउण्टेन फ्लाइटले विराटनगरबाट उडान भरेपनि नियमित उडान सुरु भएको यो नै पहिलो हो ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्