Techie IT
Mission Khabar

हात्ती महोत्सवको तयारी सुरु, चितवनको सौराहामा बढ्यो पर्यटकको चहलपहल


चितवन–हात्ती महोत्सवको तयारी सुरु भएसँगै चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । पुस ११ गतेबाट सुरु भएर ५ दिनसम्म चल्ने महोत्सवको तयारी थालिएसँगै नेपालका विभिन्न जिल्ला तथा विदेशबाट पर्यटकहरु सौराह पुग्न थालेका हुन् ।

महोत्सवस्थल सौराहास्थित वाघमारा सामुदायिक वनको चौरमा अहिले व्यवस्थापनको काम भैरहेको छ । हात्ति महोत्सवमा हात्तीका छावाहरुबीचको फुटवल, हात्तीको सामुहिक वनभोज, हात्ती सिगार्ने लगायतका प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेका कारण हात्ति महोत्सवलाई पर्यटन वर्षको प्रचारप्रसारका रुपमा समेत सदुपयोग गर्न खोजिएको छ । हात्ती महोत्सव नजिकिएसँगै सौराहाका होटलहरुमा पर्यटकको चहल–पहल वढेको छ ।

यता, हात्ती र जीपमा सफारी गर्ने पर्यटकको संख्या पनि बिस्तारै बढ्न थालेको छ । राम्रो बासस्थान नपाएर पर्यटकले समस्या भोग्नुपर्ने विगत जस्तो छैन्, सौराहा । अहिले यहाँ आरामदायी र सुविधासम्पन्न होटल खुलेसँगै पर्यटकले राहत पाएका छन् । यस्ता होटलले स्थानीय संस्कृति, भेषभुषा र कलाका माध्यमबाट पर्यटकलाई भरपुर मनोरञ्जन दिने प्रयास पनि गरिरहेका छन् ।


क्याटेगोरी : पर्यटन / सम्भावना, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्