Techie IT
Mission Khabar

सम्पदा पुनःनिर्माणमा बढ्दो सरकारी बेवास्ता, कहिले बन्ने रानीपोखरी र धरहरा ?


काठमाडौं–दुई हजार ७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अझै अन्यौलमा छ । रानीपोखरीको वालगोपालेश्वर मन्दिरको पुनर्निर्माण साठी प्रतिशत पुरा भए पनि बाहिरी भागको निर्माण सुरु नै गरिएको छैन । बरु एकपछि अर्को गर्दै विवाद बढ्दा राजनीपोखरी झारपोखरी बन्दैआएको छ ।

करोडौँ खर्चेर विगतमा जडान गरिएका उपकरण रानीपोखरी सञ्चालनमा नआएसँगै खिया लागेर बेकामे बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ७२ माघ २ गते तामझामका साथ १५ महिनाभित्र निर्माण सक्ने भन्दै रानीपोखरीको शिलन्यास गरेकी थिइन् । तर तीन बर्ष वितिसक्दा पनि बिवाद मिलाउन सरकार सक्रिया बन्न सकिरहेको छैन । ठेकेदार र महानगरपालिकाको विवादले पटक–पटक पुर्ननिर्माणमा अवरोध हुँदै आएको छ ।

बालगोपालेश्वर मन्दिर पनि शिखर शैली, ग्रन्थकुट कि गुम्ब शैली भन्ने बिवादमा लामै समय प्रभावित भयो । बल्लतल्ल मन्दिरको बिवाद मिलेपनि पोखरीको पुनःनिर्माण अन्यौलमा छ । कहिले ठेकेदार र महानगर विवाद त कहिले पुरातत्व विभाग र महानगरपालिकाबीच विवाद । यो बिवादले रानीपोखरीको अन्य पूर्वाधार निर्माणको काम शुरु नै हुन सकेको छैन । मन्दिर बाहेकको स्थानको पूर्वाधार बनाउने जिम्मेबारी पाएको काठमाडौं महानगरपालिका ठेकेदार छनौटको प्रक्रियामा जुटेको बताउँछ ।

चौथो पटक रानीपोखरीको बाहिरी भागको लागि महानगरबाट टेण्डर आह्वान गर्नुपर्ने अवस्थाले नै यहाँको ढिलाई झल्काउछ । देशको धरोहरलाई जीवन्त बनाउनेतर्फ राज्यले चासो दिनुपर्दैन ? यहाँबाट ओहोरदोहोर गर्ने नागरिक सरकारसँग प्रश्न गरिरहेका छन् ? रानीपोखरीले कहिलेसम्म जीवन्तता पाउँछ, सरकार गफ होइन कामको खाँचो छ ?

यता, देशको धरोहर धरहराको पुनःनिर्माण लामो समयपछि सुरु भएको छ । तर तोकिएकै मितिमा काम सम्पन्न हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । हुलाक कार्यालय लगायतका संरचना सार्न सरकारले खासै तदारुकताका साथ पहल गरेको छैन ।

अन्य काम अघि बढेपनि यी संरचनाको उल्झनले धरहरा निर्माणको गतीलाई प्रभावित पार्नेछ । देशको सान र मान दुबै जोडिएका ऐतिहासिक पुरातात्विक धरोहर निर्माणमा राज्य चनाखो बन्नुपर्ने हो, ताकेता गर्नुपर्ने हो तर पोलपोलमा देखिएको सरकारको अनुभुत काठमाडौं भित्रकै यी निर्माणमा देखिएको छैन । राज्यले जिम्मेवारी बहन गर्ने हो भने केही बर्षअघि नै यी धरोहर जस्ताको त्यस्तै दुरुस्तै बन्न सक्थे ।

आखिर राष्ट्रकै गौरबसँग जोडिएका धरहरा र रानीपोखरीको पुनः निर्माणमा किन खेलवाड भैरहेको छ । विकासमा भैरहेको अनावश्यक झमेला र विलम्ब रोक्न सरकारले चासो दिनैपर्छ । सरकार, आम नागरीकले धरहरा र रानीपोखरीको अवलोकन गर्न कहिलेबाट पाउने ?


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्