Techie IT
Mission Khabar

१० दिने गोरखा महोत्सब : जिल्लाको चिनारीसँगै पर्यटन प्रवर्धनको अवशर


गोरखा– बिहीबारबाट सुरु भएको १० औँ गोरखा महोत्सव जारी छ । पर्यटन प्रवद्र्घनसँगै जिल्लाको परिचय आन्तरिक तथा बाह्य क्षेत्रमा पुर्याउन भन्दै हरेक बर्ष महोत्सबले निरन्तरता पाउदैआएको छ ।

पूर्व राष्ट्रपति राष्ट्रपति रामवरण यादवले उद्घाटन गरेको महोत्सबमा जिल्लाको सास्कृतिक भेषभुषा, खानपान, रितरिवाज, कला संस्कृति अवलोकन गर्न तथा देख्न पाईन्छ । हरमटारी खेलकुद मैदानमा भएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपज, घरेलु उत्पादन, जडीबुटी, फलफूल प्रदर्शनमा राखिएका छन् । १० दिने महोत्सवमा डेढ लाखले अवलोकन गर्ने अनुमान गरिएपनि पहिलो दिनमै १० औँ हजारले अवलोकन गरेका छन् । महोत्सवको पहिलो दिन म्यान अफ द गोरखा दौड, झाँकी सहितको र्याली र विभिन्न सांगितिक कार्यक्रम भएका थिए ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न क्षेत्रमार्फत योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पालुङटार नगरपालिका–९ धुवाकोट पाण्डेवेसीका इतिहासविद दिनेशराज पन्त, २६ सेक्टेम्वर २०१७ मा मनास्लु र १९ मे २०१८ मा सगरमाथा आरोहण गर्ने आरुघाटकी पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो । ब्यवसाय प्रवद्र्घनको क्षेत्रमा गोरखा आर्युवेदिक कम्पनी र पर्यटन प्रर्वधनमा सहयोग पुर्याएको भन्दै मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लाई सम्मान गरिएको थियो ।

पुस १४ गते सम्म चल्ने महोत्सबमार्फत गोरखाको संस्कृति, भेषभुषा, कृषी उत्पादन जान्न र बुझ्न पाइनेछ । महोत्सबको निरन्तरताले पर्यटन प्रबर्धनमा टेवा पुगेको स्थानीयहरु बताउँछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्