Techie IT
Mission Khabar

सुरुभयो पोखरा सडक महोत्सबको तयारी, आन्तरिक तथा बाह्य पर्यटकमा बृद्धी


कास्की–पोखरामा सडक महोत्सबको तयारी तिब्र पारिएको छ । हरेक बर्ष जस्तै यो बर्षपनि डिसेम्बर २८ देखि जनवरी १ सम्म चल्ने महोत्सबको तयारी तिब्र पारिएको हो ।

अंग्रेजी नयाँबर्षको आसपास पारेर आयोजना हुने पोखरा सडक महोत्सबको २० औँ संस्करण आगामी पुस १३ गतेदेखी १७ गतेसम्म चल्नेछ । सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नारासहित आयोजना हुने सडक महोत्सबले पोखराको पर्यटकीय केन्द्र लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सबमय बनाउने गरेको छ ।

महोत्सबमा पर्यटकले सडकमै गाउन तथा नाच्न पाउनेछन भने नेपाली लगायत विश्वका विभिन्न परिकारको स्वाद सडकमै बसेर चाख्न पाउनेछन् । महोत्सबलाई भब्य र ब्यवस्थित बनाउन पोखरा रेवानका अध्यक्ष बुधराज भुलेजको संयोजकत्वमा २६ सदस्यीय महोत्सब व्यवस्थापन मुलसमिति गठन गरिएको छ । यस्तै, विभिन्न उपसमिति मार्फत व्यवस्थापनको काम भैरहेको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोशियसन नेपाल (रेवन) पोखराको आयोजनामा २० बर्षबाट सुरु भएको पोखरा सडक महोत्सबले अहिलेसम्म निरन्तरता पाउदै आएको छ । व्यवसायीहरुको हकहितमा क्रियाशिल रेवनले समाजसेवाको क्षेत्रमा पनि काम गर्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्