Techie IT
Mission Khabar

नेपालमै पहिलो पटक बुद्धिस्ट इन्टरनेशनल ट्रभल मार्ट हुँदै, पर्यटन प्रबर्दनको लक्ष्य


काठमाडौँ–नेपालमा पहिलोपटक ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ बिआईटिएम आयोजना हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पर्यटन बोर्डको आयोजनामा सन् २०१९ को जनवरी १० देखि १२ तारिखसम्म लुम्बिनीमा बिआईटिएम हुने भएको हो ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिआइटिएम कार्यान्वयनको जिम्मा पाएको छ । बिआईटिएममा नेपालमा पर्यटक पठाउने गरेका ३० देशका ख्याति प्राप्त ट्राभल एजेन्सीहरू, पर्यटन प्रवद्धनमा सक्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि, पर्यटनबारे जानकारी मुलक सामाग्री र प्रचारप्रसार गर्ने विश्वविख्यात ब्लगरहरू, भिक्षु, बुद्धिस्ट एशोसिएशनका प्रतिनिधि लगायतको सहभागिता रहने बताइएको छ । नेपाल सरकारअन्तर्गत रहेका सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहने यो ट्राभल मार्टलाई सञ्चालनको अन्तिम तयारीमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

लुम्बिनीमा आयोजना हुने मार्टले पर्यटन वर्ष–२०२० सफल बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । आगामी एक बर्षमा २० लाखा पर्यटक भित्राउने वातावरण बनाउने उद्देश्यले मार्ट आयोजना गर्न लागिएको हो ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्