Techie IT
Mission Khabar

दोलखाको कालिञ्चोक, जिरीसँगै मकवानपुरको दामनमा हिउँ खेल्नेको भीड, चिसियो मौसम (फोटो डायरी)


सुरज बस्नेत । दोलखा/काठमाडौं–पश्चिमी बायुको प्रभाव बढेसँगै देशका उच्च पहाडी तथा हिमाली भागमा हिउँ परेको छ । शुक्रबारको पानीसँगै परेको हिउँले चिसो बढाएको छ भने हिउँ पारखीहरु रमाउन पुगेका छन् ।

रसुवा, डोल्पा, हुम्ला, जुम्ला सोलुखुम्बु गोरखा लगायतका उच्च हिमाली जिल्लामा केही अघिबाटै हिउँ पर्ने क्रम सुरु भएको छ ।

यता, ओखलढुंगा, नुवाकोट, मकवानपुरको दामन, पालुङ दोलखा लगायतका जिल्लाको उच्च भागमा शुक्रबारबाट हिउँ परेको छ ।

आसपासका जिल्लामा परेको हिउँले काठमाडौं उपत्यकामा चिसो बढाएको छ । भने हिउँ झरेको क्षेत्रमा रमाउने युवायुवतीको भीड बढ्न थालेको छ ।

शुक्रबार नै रमाउन पुगेका युवायुवती शनिबार पनि उत्तै छन् भने शनिबार सयौँको संख्यामा दामन, कालिञ्चोक, जिरी मुडे खरिढुङ्गा लगायतका स्थानमा रमाउन पुगेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्