Techie IT
Mission Khabar

पोखरामा सुरु भयो सडक महोत्सव, सडकमै खाने र रमाउनेहरुको भीड


कास्की–पोखराको लेकसाइडमा शुक्रबारबाट सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षलाई स्वगत गर्ने परम्परा अनुसार महोत्सबले निरन्तरता पाएको हो ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराले आयोजना गरेको महोत्सवले पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करिव साढे तीन किलोमिटर सडक ढाकेको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं भन्ने नारासाथ आयोजित महोत्सवले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विगतको बर्षजस्तो यो बर्ष पर्यटकको चाप भने नभएको पोखराका पर्यटन तथा होटल ब्यवसायीहरु बताइरहेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, पर्यटन / सम्भावना, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्