Techie IT
Mission Khabar

दक्षिण कोरियाको एउटा पार्क जहाँ यौनको सचित्र देख्न पाइन्छ (फोटो डायरी)


काठमाडौं\एजेन्सी–विश्व आधुनिकताको होडमा छ । तर अझै पनि कतिपय देशमा यौनका कुरा खुलेर राख्ने र अभिव्यक्त गर्ने अवस्था छैन् ।

अझ, हाम्रो समाजमा त यौनका कुरा गर्दा वा प्रेमिल गतिबिधि देखाउँदा लाज नभएको, छाडा जस्ता उपमाको सिकार बन्नुपर्छ ।

कतिपय देश यस्ता पनि छन्, जहाँ परिवाभित्रै यौनका कुराले साहुहिक छलफल पाउँछ ।

सायद यौन गतिविधिमा बन्देज र हस्तक्षेप गरिनुहुन्न भनेर नै होला दक्षिण कोरियाको जेजु लभल्याण्ड पार्कले यौनका भावनालाई झल्काइरहेको छ । यो पार्कमा देखिने दृश्यले एक पटक हर कोहीलाई जिब्रो टोक्न बाध्य पार्छ ।

यौन क्रिडा गरिरहेका विभिन्न आसन, मुख मैथुन, लिंग लगायतका अनगिन्ति मुर्तीहरु पार्कमा देख्न सकिन्छन् ।

देश विदेशका पर्यटकको आकर्षण बनेको पार्कमा पुग्ने ६० प्रतिशत पर्यटक युवायुवती नै हुने गरेको पार्कको रेकर्डबाट खुलेको छ ।

दक्षिण कोरियामा निक्कै चर्चामा रहेको लोककथाको जीवन्त चित्रणका रुपमा यो पार्कलाई लिने गरिएको छ । लोक कथन यस्तो छ– हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ । यतिकैमा त्यहाँ हुरी चल्छ र हुरीले हुत्याइएकी युवतीको नदिमा खसेर मृत्यु हुन्छ ।

कुमारी अवस्थामा रहेकी उनका मनमा अनेक चाहाना, उमंग उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन । यसलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भन्ने गरिन्छ । यो भावलाई झल्काउन यो पार्कलाई निर्माण गरिएको बताइन्छ ।

 

 यो पार्क विश्वभर नै यौन पार्कको नामले प्रख्यात रहदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विश्व / विविध, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्