Techie IT
Mission Khabar

पाल्पा रुरु धाम रिडीमा माघे सक्रान्ती मेलामा जे देखियो (फोटो डायरी)


अनु खनाल\सुमन कार्की । पाल्पा– गुल्मी,स्याङ्जा र पाल्पा ३ जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा मंगलबारदेखी माघे सक्रान्ती धार्मिक मेला शरु भएको छ । कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देबताको दर्शन गर्ने भक्तजनहरुको भिडभाड बढेको छ ।

रुरु धाममा स्नान गर्दा अन्जानमा गरेका सम्पुर्ण पाप नास हुने जनविश्वास रहिआएको छ । कालीगण्डकीस्थित रुरु क्षेत्रमा परापुर्बकाल देखी नै जेठी, माईली र कान्छी सक्रान्तीका रुपमा धार्मिक मेला लाग्दै आएको छ ।

माघ ५ गतेसम्म लाग्ने अहिलेको धार्मिक मेला भर्न भारत उत्तर प्रदेश, महाराष्ट्रसम्मका हिन्दु धर्मालम्बीहरु रुरु क्षेत्रधाम रिडि आएका छन् । रुरु क्षेत्रमा भगवान हृषिकेशको साक्षत उत्पत्ति भएको जनविश्वासले पनि भेरैलाई आकर्षित गर्दैआएको छ ।

मेलाको अवशरमा नेपाली सेनाले स्वास्थ्य शिविर समेत सञ्चालन गरेर स्थानीयको स्वास्थ्य जाँच गर्यो ।

मणिमुकुन्द सेन प्रथमले रुरु क्षेत्रको कालीगण्डकीमा स्नान गर्दा निधारमा ठोकिएको र सोही दिन राती भगवान प्रकट भएर स्नान गर्दा ठोकिएको म विष्णु भगवान हो, मलाई कालीगण्डकी वासपासमै मन्दिर बनाएर राख र सेवा गर भन्ने आदेश आएपछि मणिमुकुन्द सेन प्रथमले ऋषिकेश मन्दिर निर्माण गरेको किंबदन्ती छ ।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङबाट उत्पादन गरेर ल्याइएका काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित बिभिन्न किसिमका डाला,पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी राख्ने गरिएको छ । धार्मिक मेलामा होटल व्यबसाय देखी स्थानीय कृषि उत्पादन समेतले बजार पाउदै आएको छ ।

मेलामा गुल्मीको गुण, पाल्पाको सुन्तला, काजु लगायतका सरसमानको बिक्रि बढ्ने गरेको छ । ५ दिने मेला अवधिमा रुरु धाम मात्रै नभई पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरुको भिडभाड लाग्ने गर्दछ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्