Techie IT
Mission Khabar

विदेशी नागरिकमाथी उच्च निगरानी, ४ महिनामा ८४ जना भन्दा बढी देश निकाला


काठमाडौ– घुमफिर लगायतका विभिन्न प्रयोजनका लागि नेपाल आएका विदेशी नागरिकमाथी अध्यागमन बिभागले उच्च निगरानी सुरु गरेको छ । कानुन विपरीतका गतिबिधिमा संलग्न रहेको भन्दै उजूरी बढ्न थालेपछि बिदेशी नागरिकमाथीको निगरानी बढाइएको हो ।

पछिल्लो चार महिनामा मात्रै गैह्रकानुनी गतिविधि गरेको आरोपमा ८४ विदेशी नागरिक देश निकाला गरिएका छन् । कारबाही र देश निकालाको यो संख्या पछिल्लो समय बढ्दो क्रममा छ । उनीहरुलाई निश्चित अवधिसम्म नेपाल आउन नपाउने गरी निकाला गरिएको अध्यागमनले जानकारी दिएको छ । महानिर्देशक ईश्वरराज पौडेलले घुम्न आउने बहानामा कानुनले बर्जित गरेको गतिविधि गर्ने विदेशीहरुको संख्या बढेका कारण निगरानी बढाउनुपरेको बताए । उनी भन्छन्–हामी निगरानीसँगै अनुसन्धानको पाटोलाई राम्रोसँग केलाउँछौ, निर्दोष पाहुँना नफसुन, गलत काम गर्ने नबचुन भन्ने हाम्रो नीति हो ।

अध्यागमन ऐन अनुसार अनुसन्धान र कारबाही गरिएका विदेशीमा नागरिकमा नेपाल आएर ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचार गर्नेहरुसम्म छन् । कतिपय विदेशी नागरिकले व्यवसाय गर्न व्यापार भिसा नै लिनुपर्ने कानुनी ब्यवस्था विपरित नेपालमा अवैध व्यपारमा संलग्न भएको पाइएको छ । देश निकालामा पर्ने जापान, अस्ट्रेलिया, चीनलगायत देशका नागरिक छन् । नेपाल आएका विदेशी नागरिकले झुठा विवरण, जाली राहदानी वा भिसा प्रयोग गर्न कानुनले बर्जित गरेको छ । कानुन विपरीतका गतिविधि गरेको खण्डमा अपराधको तहकिकात र कारबाही पूरा गरी सरकारको स्वीकृतिमा देश निकाला गर्ने अधिकार अध्यागमन विभागलाई छ ।

पछिल्लो समय यौनहिंसा, अबैध गतिविधि, धर्म प्रचार, गैह्र कानुनी व्यापार लगायतका विदेशी नागरिकको संलग्नता बढ्न थालेपछि सरकारले उनीहरुको गन्तब्यस्थलमा समेत सुरक्षा निगरानी बढाएको छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्