Techie IT
Mission Khabar

सेताम्य बनेका डाँडापाखामा हिमपारखीको भीड, दोलखामा देखिएको दृश्य (फोटो र भिडियोमा)……..


सुरज बस्नेत । दोलखा–केही दिनदेखीको हिमपात जारी रहँदा दोलखाको उच्च हिमाली भेगको जनजीवन कष्टकर बनेको छ । मंगलबार साँझदेखी बर्षासँगै झरेको हिमपात अझै जारी छ ।

हिमपात कसैका लागि जाडो बढाउने कष्टकर मौसम बनेको छ त कसैका लागि रमाउने मौका ।  हिउँको चिसोबाट बच्न कर्मचारी तथा स्थानीयवासी आगो तापेर बसिरहेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहि जान छाडेका छन् ।

यता, स्थानीय घरमै बस्न बाध्य छन् । विद्यालयहरु जाडोबढेसँगै ठप्प छन् । डाँडापाखा तथा बोट बिरुवा समेत हिउँले सेताम्य भएका छन् । होटल व्यवसायी पनि हिउँपारखीको आगमनसँगै व्यापार बढेकोमा खुसी छन् ।

दोलखाको उच्च भाग कालिन्चोक, खरिढुंगा ,जिरी ,सैलुङ लगायतका स्थानमा यो दशक कै बढी हिमपात भएपछि स्थानीय बालीनाली सप्रिने भन्दै खुसी भैरहँदा हिउँमा रमाउनेहरुको भीड पनि यी स्थानमा बढेको छ ।

भिडियो………….


क्याटेगोरी : पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्