महाशिवरात्रि : शिवालयमा पुजाआराधनासँगै बाबा, गाँजाको शिव चर्तिकला अनि सैनिक दिवशको उल्लाश
काठमाडौं । फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि, देशभरका शिवालयमा शिव उपासक हिन्दुहरुको भीड लाग्ने दिन । अझ, यो पर्वको एउटा विशेषता हो, बाबा साधु । शिवरात्रीकै लागि भनेर देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिरसँग शिवालयमा आइपुग्नेगर्छन् । कोही शिवलाई खुसी पारि आफ्नो मनोकांक्षा पुरा होस् भन्ने कामना गर्दै ब्रतालु बनेर शिवालयमा धाउँछन त कोही बाबा र गाँजाको शिब चर्तिकलामा मस्त ।
भोक प्यासको प्रवाह नगरि लामबद्ध भएर शिवालयमा भाउने भक्तजनको भीड मध्य रातसम्म जारी रहन्छ, पशुपतिनाथसँगै देशभरका शिवालयमा लाखौँ भक्तजनले पुजाआराधाना गर्छन, आज । अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरुले शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन् । अनि उनीहरुको सिको गर्दै बाबा र गाँजाको पछि दौडिन्छन्, युवा युवतीहरु प्नि । यो पनि शिवरात्रिको एउटा विशेषता हो ।
हरेक बर्षका शिवारात्रिमा प्रहरीले गाँजा प्रयोगमा कडाई गरेको दाबी गर्दै आएको छ । तर व्यवहारमा निक्कै कम मात्रै प्रयोग भैरहेको पाइन्छ । बाबाहरुलाई आखिर प्रतिबन्ध लगाउन सकिन्न, यसैको फाइदा उठाउँछन्, युवायुवतीले । अनि लठ्ठिन्छन, गाँजाको नशामा रमाउँछन जय भोलेको तालमा । शिव उपाशकको पुजापाठको लामबद्ध पर्खाइ अनि शिव महिमाको बर्णण गर्दै हुने नाजगान र भजनकिर्तनले सोमबार राती अबेरसम्म निरन्तरता पाउँछ, पशुपतिनाथ, डोलेश्वरसँगै देशभरका शिवालयमा । यो एउटा परम्पराको निरन्तरता पनि हो ।
देशभरका लाखौँ भक्तजन त शिवरात्रीमा पशुपतिनाथ धाम नै धाउँछन् । रमाउँछन, गाउँछन नाच्छन् । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरि देशभर मनाइँने यो पर्वमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरि शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख भए अनुसार श्रद्धाका साथ मनाउँदै आइएको छ ।
यति मात्रै होइन्, यसै दिन अर्थात महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस देशरभर मनाउँछ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्छ । जहाँ सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री मन्त्री उच्चपदस्थ अधिकारी तथा कुटनीतिक नियोगका प्रतिनिधिको सहभागिताले शैनिक मञ्चमा निरन्तरता पाइरहेको छ ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम देख्न सकिन्छ ।
क्याटेगोरी : पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्