असार १९को प्रतिक्षा, ४५ हजारमै जापान उड्न पाइने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल जापान उडान भर्नेभएसँगै उडानभाडा सस्तिने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी जहाजबाट अब ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । यसका लागि पनि आम यात्रुले आगामी असार १९ (४ जुलाई, २०१९) सम्म कुर्नुपर्नेछ ।
असार १९ बाट जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिसकेको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुनेगरि निगमले तयारी थालेसँगै असारपछिको जापान यात्रामा नीजि क्षेत्रको भाडाको एकाधिकार तोडिने भएको छ । भाडादर स्वीकृत भएपछि निगम अन्य कागजी प्रक्रिया मिलाएर छिट्टै टिकट बिक्री गर्ने प्रक्रियामा जुट्ने बताइएको छ ।
क्याटेगोरी : पर्यटन / सम्भावना, यातायात / यात्रा, विश्व / विविध, सकारात्मक सोच, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्