Techie IT
Mission Khabar

बेगनास र रूपा फेवाभन्दा सफा, किन गर्न सकिएन्, प्रवद्र्धन र प्रचार ?


पोखरा । प्राकृतिक नगरी र तालै तालको शहर भनेर चिनिन्छ पोखरा । कास्कीमा फेवाबाहेक बेगनास र रूपा दुई ठूला ताल पनि छन् । फेवामा ढल र मलमुत्र मिसाउने क्रमले तिब्रता पाउदा अहिले बेगनास र रुपा ताल फेवातालभन्दा सफा तालका रुपमा परिचित भैरहेका छन् ।

फेवाजत्तिकै सुन्दर यी दुई तालमा भने नगन्य मात्रै पर्यटक पुग्ने गरेका छन् । बेगनास तालमा केही विदेशी र आन्तरिक पर्यटक पुग्नेगरेकोमा रूपातालमा नगन्य मात्रामा पर्यटक पुग्छन् । सबै लेकसाइड मात्रै हो भन्ने सोचका कारण पोखराको पर्यटन केही सिमित गन्तब्यमा मात्रै खुम्चिएको स्थानीय पर्यटन तथा होटल ब्यवसायी बताउँछन् ।

बेगनास ताल, रूपाताल रोयल ट्रेक, काहुँडाँडालगायतका पर्यटकिय क्षेत्रको प्रवद्र्धन र प्रचार गर्न सक्ने हो भने कास्की क्षेत्र पुग्ने पर्यटकको बसाइ दुई दिनसम्म लम्ब्याउन सकिने कतिपय बताउँछन् । केही स्थानीयकै कमीकमजोरी र धेरै केन्द्रीकृत सोचका कारण लेकसाइडबाहिरको पर्यटन फस्टाउन नसकेको बताइदैगर्दा स्थानीय सरकारले पनि यतातर्फ ध्यानदिन सकिरहेको छैन ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्