Techie IT
Mission Khabar

जेठ २ सम्म आन्तरिक तथा बाह्य उडान स्थगन, लकडाउन एक साता वा बढी ?


काठमाडौं । कोरोनाको महामारी नियन्त्रणका लागि भन्दै बैशाख १८ गतेसम्मका गरिएको आन्तरिक तथा बाह्य उडान स्थगनको समयसिमा बढाएर जेठ दुई गतेसम्म पुर्याइएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले भाइरस संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै आन्तरिक तथा बाह्य उडान स्थगनको समय बढाएर जेठ २ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

सरकारले यसअघि वैशाख १८ गतेसम्मका लागि आन्तरिक तथा बाह्य उडान स्थगित गरेको थियो । उच्चस्तरिय समन्वय समितिले लक डाउन एक हप्ता लम्ब्याउन तथा जिल्ला अनुसार बर्गिकरण गरेर रणनीति बनाउन सिफारिस गरेपनि मन्त्रिपरिषद् बैठकले नै समयसिमा टुङ्ग्याउने बताइएको छ । लक डाउन लम्ब्याउने वा नलम्ब्याउने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले छिट्टै गर्ने बताइएपनि केही साता थपिने भने निश्चितजस्तै भएको छ ।

यता, उच्चस्तरिय समन्वय समितिले लकडाउनको एक महिना २ दिनको समिक्षा गर्दै लक डाउनका कारण कोरोनाको सम्भावित महामारी कम भएको र लक डाउनको कार्यान्वयन समेत प्रभावकारी भएको निष्कर्ष निकालेको छ । संक्रमणवाट जोगिन सफल भएकोमा समितिले सबै सरोकारवाला निकाय सुरक्षाकर्मी स्वास्थकर्मी र संचारकर्मीलाई धन्यवाद दिएको छ ।

सबै प्रदेशहरुमा औषधि र औषधिजन्य सामाग्रीहरु प्रयाप्त रहेको भन्दै समितिले चाहिएको अवस्थामा जुनसुकै ठाँउमा जतिबेला पनि पठाउन सक्नेगरी प्रदेशलाई तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, पर्यटन / सम्भावना, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्