Techie IT
Mission Khabar

ठूला होटल आगामी असोजसम्म बन्द गरिने, कर्मचारीले आधारभूत तलबको १२.५ प्रतिशत मात्रै पाउने


काठमाडौं । काठमाडौं उपत्यका सहित देशभरका ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरेसँगै ठूला होटल बन्द हुने भएका हुन् ।

आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयमा र्याडिसन, अन्नपुर्ण, मल्ल, अलफ्ट लगायतका तारे होटलका मालिकहरुले समेत सहमति जनाएका छन् । वैशाख १४ गते सरकारले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशतका लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । तर दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरे ।

होटल संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णयमात्रै गरेन । यो तलब लिन नमाने कर्मचारीले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम हटाउने प्रक्रिया थाल्दै निर्णय नै गर्यो । सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय समेत गरेका होटल ब्यवसायीले आफूहरुले दिने आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी तलब भुक्तान गर्न जब रिजेन्सन फण्डको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यो मागमा भने होटल संघ र ट्रेड युनियन सहमत भएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्