तारे होटलको स्वार्थमा सरकार तगारो, पर्यटक नआउनेभएसँगै कर्मचारीको तलब नदिन बन्दको रणनीति

काठमाडौं । होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन अफ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नगरे गम्भीर अवस्था आउन सक्ने भन्दै सरकारलाई चेतावनी दिइरहेको छ । ६ महिनासम्म होटल बन्द गर्ने र श्रमिकलाई तलबको १२ दशमलब ५ प्रतिशत मात्रै भुक्तानी दिनेगरी गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएसँगै हानले गम्भीर अवस्था आउन सक्ने भन्दै सरकारलाई उल्टै चेतावनी दिएको हो ।
हानले आइतबार ठूला होटल बन्द गरी श्रमिकहरुलाई १२.५ प्रतिशतका हिसाबले तलब दिने निर्णयमा असहमति जनाउने कामदार समेत कटौती गर्ने चलाखिपुर्ण निर्णयो गरेको थियो ।सरकार र हानबीच समस्या समाधानका लागि छलफल भएपनि कुनै निर्णयमा पुगिनसकेको हानकी अध्यक्ष सिर्जना राणा बताउँछिन । विश्वभर कोरोना भाइरसको महामारीले होटल व्यवसाय पर्यटन क्षेत्रसँगै सबै आर्थिक गतिबिधि ठप्प छ । कोरोना नियन्त्रणमा आईहालेपनि केही समयसम्म पर्यटक नै नआउने हुँदा होटलमा आम्दानी कम हुने र कर्मचारीलाई पूरा तलब दिन नसक्ने भन्दै होटल ब्यवसायी कामदारप्रतिको जिम्मेवारीबाट पन्छिन नमिल्ने सरकारी पक्षको अडान छ ।
सरकारले भने बमोजिम नै ठूला होटलले कर्मचारीलाई चैत महिनाको पूरा तलब दिएको बताएपनि बाँकी महिनामा श्रमिकप्रतिको दायीत्वबाट पन्छिन मिल्दैन । होटेल व्यवसायीले १२.५ प्रतिशत दिने, सामाजिक सुरक्षा कोषबाट १२.५ प्रतिशत दिने र सरकारले सबैभन्दा बढी २५ प्रतिशत दिएर ५० प्रतिशत तलब पुर्याउने होटेल व्यवसायीले प्रस्तावलाई सरकारले टार्दै आएको छ ।
आवश्यक पर्दा अझ भनौँ, पर्यटक खचाखच हुँदा श्रमिकलाई श्रमको उचित मुल्य समेत नदिएर अधिकतम लाभ लिने व्यवसायीहरु अहिले अफ्ठ्यारोमा पर्दा उनीहरुको समस्याप्रति जिम्मेवार हुने कि नहुने ? अहिले तारे होटलको स्वार्थी निर्णयप्रति श्रमिकहरु यस्तै प्रश्न गरिरहेका छन् । हरेक श्रमिकलाई प्रयोगका साधन जस्तो सोच्ने राजनीतिक संस्कार र व्यवसायीहरुको स्वार्थी मानसिकता बदल्न सरकारले गम्भिर बन्नैपर्छ । करछली तथा अवान्छित गतिबिधिमा सक्रिय भएको आरोप लाग्ने तारे होटल आफ्ना कर्मचारीको समस्यामा जिम्मेबार बनुन ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्