Techie IT
Mission Khabar

पर्यटन क्षेत्रमा आगामी बजेट : भ्रमण दशकदेखी आर्थिक प्याकेजसम्मको चर्चा


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत अबको एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गर्ने भएको छ । सरकारकै तयारी अनुरुप सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवर्द्धनका योजना ल्याउन लागेको हो । सन् २०११ को पर्यटन वर्षबाटै शुरु गरेको कर्मचारीका लागि पर्यटन विदाको अवधारणालाई निरन्तरता दिन सरकारले आगामी आर्थिक वर्ष २०७७ ०७८ मा बजेट समावेश गर्न लागेको छ ।

पर्यटन बिदामार्फत कोरोनाबाट सिथिल भएको पर्यटन क्षेत्रको प्रवर्धन गर्ने सरकारी योजनाले करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने अपेक्षा गरिएको छ । कोरोनाको महामारीसँगै नेपाल भ्रमण वर्ष–२०२० स्थगित भएका कारण पनि भ्रमण दशक घोषणा गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । २०७३ सालको आन्तरिक भ्रमण वर्षको सफलताले भुकम्पबाट सिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्न सहयोग मिलेकाले पनि सरकार संस्थागत कर्मचारीलाई पर्यटन बिदा दिएर आन्तरिक पर्यटन प्रबर्धन मार्फत पर्यटन क्षेत्रलाई उकास्नतर्फ अग्रसर भएको देखिन्छ । कोरोनाबाट भएको क्षति न्यूनीकरणका लागि व्यवसायी र मजदुर दुबैका लागि उपयुक्त उपायहरु सहितको विशेष प्याकेज बजेटमार्फ आउने मन्त्री भट्टराईले दाबी गरे । पर्यटन, होटल लगायतका व्यवसायीका लागि आउने आर्थिक प्यकेजमा बिना धितो ऋण, ब्याजदरमा कटौती, ऋण लिँदा गर्न सकिने सहजिकरण, ऋणको अन्य सहजिकरण लगायत बारे मन्त्रालयले छलफल अघि बढाएको छ ।

यस्तै, सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पोखरा विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समेत प्रथमिकताका साथ बजेट निकासा गर्न लागेको छ । सरकार अब पर्यटकीय दृष्टिकोणबाट अत्यावश्यक, अन्य यातायातको सुविधा नपुगेका विकट र व्यवसायिक रुपमा सञ्चालनको सम्भाबना देखिने स्थानमा मात्र आन्तरिक विमानस्थल खोल्ने योजनामा देखिन्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्