लकडाउनको मारमा व्यवसायी, राष्ट्रिय व्यापार संघले माग्यो सरकारसँग आर्थिक प्याकेज

काठमाडौं । सरकारले विभिन्न ४२ बिधाका उद्योग,पसल र औद्योगिक क्षेत्रलाई ससर्त खोज्न अनुमती दिएपनि थुप्रै पसल व्यवसायहरु अहिले पनि लकडाउन छन् । यस्तै पेशा व्यवसाय मध्येको एक हो कपडा व्यवसाय ।
उन तथा कपडा उत्पादन नेपालमा निक्कै कम छ । केही सिमित गामेन्टमा उत्पादन भैहाले पनि निक्कै न्यून उत्पादन हुन्छ । भारत र चीनबाट आयातित कपडा भित्याउने र बेच्ने व्यवसायीहरुको संख्या नेपालमा निक्कै ठूलो छ । कोही होलसेल त कोही खुद्रा व्यापार गरिरहेका छन्, यो व्यवसायमा ।
दोश्रो कोरोना संक्रमित पहिचान भएसँगै कोरोनाको महामारी रोकथामका लागि भन्दै अकस्मात गरिएको लकडाउनले कपडा व्यापार गर्ने व्यवसायीहरुलाई समेत धेरै मार पुगेको छ । उनीहरु लकडाउन खुलेपछिको स्थितिलाई कसरि सामना गर्नेभन्दा पनि अहिलेको अवस्थालाई कसरी पार लगाउने भन्ने चिन्तामा पर्न थालेका छन् ।
राष्ट्रिय व्यापार संघ लामो समयको लकडाउनले ब्यापारिहरु अत्तालिन थालेपनि सरकार हिजो राज्यलाई कर तिर्नेहरुको पीडामा रमिते मात्रै बनेको बताउँछ । करको भारि थोपर्ने सरकारले किन ब्यापारिलाई कुनै पनि राहातका कार्यक्रम मार्फत सहुलियत नदिएको भन्दै अहिले साना तथा मझौला व्यवसायीहरु सरकारसँग यस्तै प्रश्न गरिरहेका छन् । संघका महासचिव बैकुण्ठ दाहालले मिसन खबरसँग भने –’व्यवसाय चल्दासम्म करको दर मात्रै बढाउने सरकारले आर्थिक संकटको यो समयमा सौतेलो ब्यवहार गर्दा साना तथा मझौला व्यवसायी दुखिद भएका छन् ।’
राष्ट्रिय ब्यापार संघले त सरकार यतिसम्म निकम्बा बन्छ भन्ने कहिल्यै नसोचेको भन्दै घरभाडा, बैंक तथा वित्तिय संस्थाको ब्याजमा सहुलियत, तीन तहको अब्यवहारिक कर मिनाहा लगायतका पुनर्कर्जा तथा सहुलियत कर्जाको ब्यबस्था सहितको आर्थिक प्याकेज तत्काल ल्याउन सरकारसँग माग गरेको छ । २०६१ सालमा स्थापित भएको संघमा काठमाडौंको न्युरोड आसपासमा रहेका करिब ८ सय जना साना तथा मझौला व्यवसायीहरु आवद्ध छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्