औषधी व्यवस्था विभाग र व्यवसायीबीच जुम बैठक, ‘समाधान पोर्टल’ को माग

काठमाडौं । औषधी हरेक व्यक्तिको जीवनसँग जोडिएको अत्यावस्यक बस्तु । कोरोनाको महामारी बढिरहँदा आफ्नो पसल ब्यवहास आफै सुरक्षा साबधानीमा खोलेर औषधी व्यवसायीहरुले राज्य र आम नागरिकलाई ठूलो सहयोग गरिरहेका छन् । नेपाल औषधी थोक व्यवसायी संघले देशभरका आफ्ना व्यवसायीहरुलाई जुम लगायतका सामाजिक सञ्जाल माफै बैठक गराएर साबधान गराउँदै सेवामा खटिन बारम्बार सचेत गराइरहेको छ ।
पछिल्लो समय औषधी व्यवस्था विभागले आयोजनामा गरेको जुम बैठकमा समेत सहभागिता जनाएको संघले गम्भिर परिस्थितिमा समेत देश र जनताको सेवामा खटिने औषधी व्यवसायप्रिति सरकार गम्भिर बन्न नसकेको प्रति चासो राखेको छ । व्यवसायीमा ऋणको बोझ बढेको तथा वक्यौताको समस्या दिनप्रतिदिन बढ्दा समस्यामा परेका व्यवसायी बारे सरकारले राहत प्याकेजमार्फत सहयोग गर्नुपर्ने माग पीडानले राख्दै आएको छ । छिमेकी मुलुक भारतमा देखिएको वक्यौताको समस्या समाधानका लागि भारत सरकारले ‘समाधान पोर्टल’ को अवधारणा मार्फत व्ययवसायीको लगानीलाइ सुरक्षित गर्दै बाँकी वक्यौता उठाउन सहयोग गर्ने निति अख्तियार गरेको बारे ध्यानाकर्षण गराएका व्यवसायीले नेपालमा पनि सोही अनुसारको योजना र सरकारी सहकार्यको अपेक्षा गरेका छन् ।
संघका अध्यक्ष शिबराज बास्कोटाले ऋणको ब्याजदर सहुलियत लगायतका राहत प्याकेजमा औषधी व्यवसायीमाथी बिभेद गरिएको दाबी गर्दै आफूहरुको वक्यौता उठाउने प्रक्रियामा सरकारी सहयोग पाउने आशा गरिएको बताए । अत्यावश्यक, हरेक व्यक्तिको जीवनसँग सरोकार राख्ने औषधीको व्यवसाय गर्ने व्यवसायीहरुलाई सरकारले हतोत्साही गराउने भन्दा पनि पेशाप्रति उत्साहित बनाउ पर्नेतर्फ पीडानले बारम्बार सचेत गराउँदै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्